गायक नरबहादुर बिसीले विवाहित छोरीलाई अंश दिए

गायक एवम् साहित्यकार बिसीले मंगला गाउँपालिका–३ बरंजामा रहेको १९ रोपनी जग्गा छोरी सुधा बिसी खड्कालाई स्वतःस्फूर्त अंश दिएर छोरा सरह सम्मान गरेको बताए।

सम्बन्धित सामग्री

सम्पादकीय: पैतृक सम्पत्तिको हकबिना महिला सशक्तीकरण असम्भव

छोरा र छोरीबीच सम्पूर्ण रूपमा समान व्यवहार भएको तब मात्र मानिन्छ, जब उनीहरूका निम्ति समान अंशसमेत सुनिश्चित हुन्छ । लैंगिक समानताको यस्तो उच्चतम अवधारणा लागू गर्न मुलुकको कानुनले छोरीलाई पनि अंशको हक प्रत्याभूति गरेको छ । तर जतिसुकै शिक्षित होऊन् या सम्भ्रान्त, अपवादबाहेक समाजमा अझै पनि छोरीलाई अंश दिने प्रचलन बस्न सकेकै छैन ।

विवाहित छोरीले समेत अंश पाउने जिल्ला अदालतको फैसला

विवाह भइसकेकी छोरीले बाबुआमा वा अंशियारसँग अंशको मागदाबी गरिन् भने त्यस्ता छोरीलाई अंश दिनु पर्ला कि नपर्ला ? सामान्य रुपमा हेर्दा र सामाजिक रीतिथितिले ‘पर्दैन’ नै भन्ला । तर यस्तै अंश मुद्दामा नवलपुर जिल्ला अदालतले विवाहित भए पनि छोरीलाई समेत अंश दिनुपर्ने फैसला गरेको छ ।नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अंश विवादमा विवाह भइसकेकी छोरीले समेत अंश पाउने फैसला सुनाएको छ । फैसलामा अंश पाउने हकदार वंशमात्रै रहने र वंश भनेको छोरा नै हुनुपर्ने भन्ने पितृसत्तात्मक

पैतृक सम्पत्तिमा माओवादीको संकल्प : कुन–कुन माओवादी नेताले दिए छोरीलाई अंश ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पैतृक सम्पत्तिमा सन्तानको समान हक लागु गर्ने संकल्प गरेको छ । नेपालको संविधानमा पैतृक सम्पत्तिमा समान हक हुनेछ भन्ने व्यवस्था र मुलुकी देवानी संहिताको कानुनी व्यवस्था कार्यान्वयनका लागि माओवादी केन्द्रले संकल्प गरेको हो । माओवादी केन्द्रले पार्टीको आन्तरिक जीवनमा पूर्ण रूपमा कार्यान्वयनको संकल्प गर्दै कार्यान्वयनका लागि...