विवाह भइसकेकी छोरीले बाबुआमा वा अंशियारसँग अंशको मागदाबी गरिन् भने त्यस्ता छोरीलाई अंश दिनु पर्ला कि नपर्ला ? सामान्य रुपमा हेर्दा र सामाजिक रीतिथितिले ‘पर्दैन’ नै भन्ला । तर यस्तै अंश मुद्दामा नवलपुर जिल्ला अदालतले विवाहित भए पनि छोरीलाई समेत अंश दिनुपर्ने फैसला गरेको छ ।नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अंश विवादमा विवाह भइसकेकी छोरीले समेत अंश पाउने फैसला सुनाएको छ । फैसलामा अंश पाउने हकदार वंशमात्रै रहने र वंश भनेको छोरा नै हुनुपर्ने भन्ने पितृसत्तात्मक