चिसोमा काल बन्दै माकल र गिजर

काठमाडौँ । काठमाडौँको शंकरापुर नगरपालिका–३ जर्सिङपौवामा एउटा नाम चलेको रिसोर्ट छ । सो रिसोर्टको नाम हो–‘लाङटाङ ईको रिसोर्ट ।’ पुस ३ मा सो रिसोर्टमा कार्यरत उर्मिला आले मगर मृत फेला परिन् । १९ वर्षीया मगर ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–९ की हुन् । उर्मिला  र सो रिसोर्टमा काम गर्ने मोरङ लेटाङका अर्जुन मगर लिभिङ टुगेदरमा थिए । राति सँगै सुतेका उनीहरूले चिसो छल्न माकलमा कोइला बालेर सुतेका हुन् । बिहान अबेरसम्म नउठेपछि रिसोर्ट सञ्चालकले ढोका फुटाएर हेर्दा उर

सम्बन्धित सामग्री

काल बन्दै कोइला : सामान्य असावधानीले ज्यान गुम्न सक्छ

चिसोबाट जोगिन झ्यालढोका बन्द गरी आगो, कोइला, ग्यास गिजर वा हिटर बालेर सुत्दा सतर्क हुनुहोस् । सामान्य असावधानीले ज्यान गुम्न सक्छ । यस्तै घटना बाँकेमा भएको छ । नेपालगञ्जस्थित भेरी अस्पताल परिसरमा रहेको कर्मचारी आवास गृहमा बिहीबार बिहान यस्तै असावधानीका कारण एकै परिवारका चार जनाले अकालमै ज्यान गुमाउनुपर्‍यो । तीन जना सख्त घाइते छन् ।कर्णाली प्रदेश मेडिकल स्टोर कार्यालयका कर्मचारी कालीकोट खाँडाचक्रका २४ वर्षीय धनप्रसाद भट्टराई, आमा कोकिला, दिदी नन्दकला र नन्दकलाकी तीन महिनाकी छोरीको मृत्यु