तुलसीपुर उपमहानगरपालिका–१८ का ४२ वर्षीय रामलाल चौधरीको आधा जीवन भारतमा मजदुरी गर्दैमा बित्यो । जब गाउँमा सिंचाइका लागि जलाशय र पक्की कुलो बन्यो, उनी भारतको रोजगारी छाडेर गाउँ फर्किए । वर्ष दिन खानका लागि पुग्ने धान पनि धौधौ उब्जनी हुने खेतमा उनले दुुई वर्षदेखि बर्खामा धान र हिउँदमास तरकारी खेती गर्दै आइरहेका छन् ।पोखरी निर्माणसँगै गाउँमा पक्की कुलो बनेपछि खेतीका लागि सहज भएको उनले बताए । उनीमात्रै होइन, मुक्तिलाल सुनार पनि दङ्ग छन् । सिंचाई सुविधाका साथै हप्तैपिच्छे कुलो सफा गर्नुपर्ने समस