संगठनले शुक्रबार जनाएअनुसार स्वास्थ्यसम्बन्धी प्रतिबन्ध लगाएका कारण टोलीका सदस्यले सिमित स्थानमा मात्र भ्रमण गर्न पाएका छन् भने समुदायाका सदस्यहरूसँग छलफल नहुने भएको छ। उक्त टोलीको भ्रमण कार्यतालिका सार्वजनिक गरिएको छैन भने भ्रमणको बारेमा समाचार संकलन गर्ने पत्रकारलाई टोली सदस्यबाट निश्चित दूरीमा राखिएकोछ।