काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विभिन्न चुनौतीको सामनापछि देशको अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को बुधबार भएको साधारणसभालाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र सुधार्न राष्ट्र बैकको नीति र निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् । उनले निजी क्षेत्रका समस्याहरु समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।