दुई नम्बर प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले इलाका प्रहरी कार्यालय भवनको उद्घाटन गरेका छन् । मन्त्री साहले सप्तरीको भेडियामा नवनिर्मित इलाका प्रहरी कार्यालय भवनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले प्रदेशको सुरक्षाको जिम्मेवारी सरकारको रहेको बताए । साहले भने– ‘प्रहरीको सुरक्षित आवासको जिम्मेवारी प्रदेश सरकारले लिन्छ । प्रहरी प्रशासनको व्यवस्थित कार्यालय र आवासको जिम्मेवारीप्रति हामी गम्भिर छौँ ।’कार्यक्रममा आन्तर