बाग्लुङमा हात्तीपाइले रोग अझै नियन्त्रणमा आउन सकेको छैन । हात्तीपाइले रोगविरुद्धको निःशुल्क औषधि खुवाउने कार्यक्रम १२ औँ पटक सञ्चालन भए पनि रोग नियन्त्रण नभएको हो । अभियानको क्रममा औषधि घरमा खाने भन्दै लैजाने तर नखाने तथा मुखमा राखे पनि ननिल्ने गर्दा रोग नियन्त्रणमा कठिन भएको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए । बाग्लुङको बाग्लुङ नगरपालिका–१४ नारायणस्थान र जैमिनी नगरपालिका–१ कुश्मीसेरामा हात्तीपाइले रोगका बिरामी बढी छन् ।नारायणस्थान क्षेत्रका केही स्थान