रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले खरको छाना मुक्त बनाउने कार्य अघि बढाएको छ । नगरपालिकाले पहिलो चरणमा नौ सय घरपरिवारलाई जस्तापाता वितरण गरेको छ । नगरप्रमुख रवि केसीले खरको छानाका कारण आगलागी बढी हुने र मानवीय क्षति समेत हुने भएकाले जस्तापाता वितरण गर्ने कार्यक्रम ल्याइएको बताए । आगलागीबाट हुने भौतिक तथा मानवीय क्षति कम गर्न र जनतालाई सुरक्षित आवासको महसुस गराउन खरका छाना मुक्त गर्न थालिएको केसीले बताए । नगरपालिकाभरि जस्तापाता वितरण गर्न थालिएको उनको भनाइ छ । अब नगरपालिका