उदयपुरको डुम्रीबोटबाट कोशीको भंगालो मानव बस्तीमा पस्यो

उदयपुर । बिहान ४ बजे उदयपुरको बेलका नगरपालिकाको डुम्रिबोटेबाट सप्तकोसीको बाढी पश्चिमतर्फ पसेसँगै ५ वटा भन्दा बढी मानवीय बस्ती उच्च जोखिममा परेका छन् । सप्तकोशीले पश्चिमतर्फको भागमा निरन्तर कटान गर्दा बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरीलगायत बस्ती उच्च जोखिममा परेका हुन् । पूर्वी पहाडमा लगातारको वर्षात्‌सँगै […]

सम्बन्धित सामग्री

सप्तकोशी तटबन्ध भत्काएर बस्तीमा पस्यो, तीसौं हजार विस्थापित हुने अवस्था

उदयपुरको बेलका नगरपालिका–१, २, ८ र ९ मा सप्तकोसी नदीले कटान गरेको छ । पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ । सप्तकोसीको पानीको बहावले अहिले करिब ५० मिटरजति जमिन कटान गरिसकेको बताइएको छ । अहिले नजिकका बस्तीका …

बाँध फुटेर बस्तीमा पस्यो सप्तकोशीको पानी

सप्तकोसी नदीले उदयपुरको बेलका नगरपालिका–१, २, ८ र ९ मा कटान थालेको छ । नदीको एउटा भंगालो उदयपुरको बेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान गर्दै सिसौली टप्पु-चिलिया बस्ती पसेको हो । बुधबार बिहान करिब ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर पुरानै धारमा फर्किएको हो।  पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् ।सप्तकोसीको पानीको बहावले अहिले करिब ५० मिटरजति जमिन कटान गरिसकेको बताइएको छ । अहिले नजिकका बस्तीका नागरिकलाई अन्यत्र सार्ने काम सुरु भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।गृहमन्त्री खाणले कटानबाट प्रभावित बस्तीका नागरिकलाई कहाँ स्थानान्तरण गर्ने, उनीहरूलाई तत्कालका लागि बासस्थान, राहतको व्यवस्था कसरी गर्नेबारे परराष्ट्रमन्त्री डा नारायण खड्कासँग समेत छलफल गरेका छन् । मन्त्री डा खड्काको गृहजिल्ला उदयपुर भएकाले उनीसंग छलफल गरिएको हो ।गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरी, प्रदेश नं १ का सशस्त्र प्रहरी बलका प्रमुख नायब महानिरीक्षक कमलप्रसाद गिरी, उदयपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक बोहोरा, उदयपुर सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण अधिकारी र सिँचाइ विभागका उदयपुर प्रमुखलगायतलाई टेलिफोन गरी तत्काल उद्धार, राहत र अस्थायी बासस्थानको व्यवस्था गर्न निर्देशन दिएका छन् ।मन्त्री खाणले त्यसका लागि के–के आवश्यक पर्ने हो मन्त्रालयमा जानकारी गराउनसमेत निर्देशन दिएका छन् । गृहसचिव पाण्डे र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेललाई उदयपुरमा तत्कालका लागि आवश्यक पर्ने उद्धार र राहतका सामग्री तयार गरी पठाउन निर्देशन दिएका छन्। कटानबाट सबैभन्दा बढी डुम्रिकोट तथा लाहुरेखोँचका बासिन्दा प्रभावित छन् ।विपद्मा परेकालाई अस्थायी बासस्थान निर्माण, उद्धार, राहत र घाइते भएको भए उपचारमा कुनै कमी हुन नदिन गृहमन्त्री खाणले मन्त्रालय मातहतका निकाय र सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । कटानका कारण दुई हजार चार सय घरधुरी प्रभावित हुने बताइएको छ । कटानलाई रोकेर पनि त्यही स्थानमा राख्न सक्ने सम्भावना नदेखिएकाले बस्ती स्थानान्तरण आवश्यक छ । केही दिनअघि पनि सप्तकोसीमा बाढी आएपछि कटान रोक्न बनाइएका संरचना नदीले बगाइसकेको स्थानीय सुरक्षा अधिकारीले बताएका छन् ।

कोशी नदीको भंगालो उदयपुरको बस्तीमा पस्यो

काठमाडौं । कोशी नदीको एउटा भंगालो बस्तीमा पसेपछि हजारौं मानिस प्रभावित हुनसक्ने भएका छन् । आज बिहान ४ बजेदेखि उदयपुरको बेलका नगरपालिकाको डुम्रिबोटेबाट सप्तकोसीको बाढी पश्चिमतर्फ पसेसँगै ५ वटा भन्दा बढी मानवीय बस्ती उच्च जोखिममा परेका हुन् ।

सप्तकोसीको बाढी बस्तीमा पस्यो, सयौं घर जोखिममा

काठमाडौं । उदयपुरको बेलका नगरपालिकामा सप्तकोसी नदीको बाढी बस्तीमा पसेको छ । नदी बस्तीमा पसेसँगै सयौं घर जोखिममा परेका छन् । कटान रोक्न सरकारी तहबाट भएको प्रयास प्रभावकारी नहुँदा बाढी अस्थायी बाँध फुटाएर बस्तीमा पसेको हो । बेलका नगरपालिकामा वडा नं ८ को जिरो पोइन्टबाट सप्तकोशीको बाढी बस्तीमा पसेको छ । मंगलबार दिउँसैदेखि बाढी रोक्ने […]

कोशी नदीको भँगालो बस्तीमा पस्यो, बेलका नगरपालिकाका वडाहरु डुबानमा

काठमाडौं : कोशी नदीको भँगालो उदयपुरको बेलका नगरपालिकाको बस्ती पसेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ। आज बिहान करिब ४ बजे नदीको बाँध फुटेर भँगालो बस्ती पसेको जनाइएको छ। भँगालो बस्तीमा पसेपछि नगरपालिकाका केही वडाहरु डुबानमा परेका छन्। बाँध फुटेर उदयपुरको बेलका नगरपालिका १, २, ३, ८ र ९ प्रभावित भएका…

सप्तकोशीको भंगालो उदयपुरको बस्तीमा पस्यो, हजारौँ घरपरिवार उच्च जोखिममा

उदयपुर, साउन १८ । अविरल वर्षासँगै सप्तकोशीको बहाब उच्च रहँदा बाँध फुटेर उदयपुरका ठूलो बस्ति जोखिममा परेको छ । पानीको बहाब बढ्दा उदयपुरको बेलका नगरपालिका – ८ लाहुरे खोच डुम्रीबोटमा पर्ने सप्तकोशीको बाँध फुटेको हो । प्रहरीका अनुसार कोसी ब्यारेज भएर २ लाख १६ हजार ८५ क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाब भइरहेको छ । […]

कोशी नदीको भंगालो उदयपुरको बस्तीमा पस्यो, २० हजार बढी नागरिक प्रभावित हुने

१८ साउन, काठमाडौं । कोशी नदीको भंगालो बस्तीमा पसेको छ । आज बिहान ४ बजेदेखि एउटा भंगालो बस्तीमा पसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । तीन सातादेखि भंगालोलाई रोक्ने प्रयास गरे पनि आज बिहानदेखि नदीको एउटा भंगालो उदयपुरको वेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान गर्दै सिसौली टप्पु-चिलिया बस्ती पसेको हो । नदी […]