नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर आजदेखि लिलामीमा *

जेठ २८, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर शुक्रवारदेखि लिलामीमा विक्री खुला भएको छ ।   कम्पनीले ८० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो ।  उक्त लिलामी शेयरमा आवेदकले असार १० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १ हजार २२ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।  शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी गराएको हो ।  कम्पनीले सबैभन्दा पहिला विद्यमान संस्थापकहरुलाई पहिलो प्राथमिकता दिई बोलकबोलमार्फत शेयर विक्री गर्ने गर्नेछ । कम्पनीले यसबाट पनि शेयर बाँकी रहेमा अन्य व्यक्ति,कम्पनी,संघ,संस्थाहरु बीच बढी कबोल गर्नेलाई विक्री गर्ने छ । बोलपत्र असार ११ गते सिद्धार्थ क्यापिटल नारायणचौर नक्सालमा बिहान ११ः३० मा खोलिने छ । विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । *कम्पनीले ८० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।

सम्बन्धित सामग्री

नेशनल माइक्रोफाइनान्सको ३६ हजार ५०० कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा

भदौ ३०, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ३६ हजार ५०० कित्ता संस्थापक शेयर आज (बुधवार)देखि लिलामीमा आएको छ ।  कम्पनीले प्रतिकित्ता रू. १ हजार २२ मूल्य तोकेर असोज १३ गतेसम्म गोप्य शिलबन्दी पेश गर्न सकिने गरी यो शेयर लिलामीमा विक्री खुला गरेको हो ।  कम्पनीले यसअघि गत चैत ३१ गतेदेखि जेठ ३ गतेसम्म विद्यमान संस्थापकहरुलाई प्राथमिकतामा राखी यो शेयर विक्रीको आव्हान गरेको थियो । उक्त अवधिभित्र विद्यमान शेयरधनीहरुबाट आवेदन नपरेपछि विद्यमान संस्थापक सहित अन्य सर्वसाधारणले खरीद गर्न सक्ने गरी पुनः यो शेयर विक्रीमा आएको हो ।  यो शेयर खरीदका लागि बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म खरीद गर्न सकिने गरी विक्रीमा आएको यो शेयर विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।  तोकिएको अवधिभित्र प्राप्त आवेदन असोज १४ गते बिहान ११ बजे विक्री प्रबन्धकको कार्यालय, टेकु, काठमाडौंमा खोलिने कार्यक्रम तय भएको छ ।

नेशनल माइक्रोफाइनान्सको ७६ हजार कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं, २८ असार । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले ७६ हजार ५० कित्ता शेयरमा असार ३० गतेसम्म बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा ल्याएको हो । चैत्र ३१ गतेदेखि जेठ ३ गतेसम्म संस्थापकहरुलाई प्राथमिकता दिदै ३५ दिनको सुचना जारी गरेको थियो । सो अवधिमा संस्थापकहरुबाट आवेदन नपरेपछि […]

नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर आजदेखि लिलामीमा

असार २८, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर आज (सोमवार) देखि लिलामीमा विक्री खुला हुने भएको छ ।कम्पनीले ७६ हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो । उक्त शेयर खरीद गर्न योग्य इच्छुक जो कोही व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले असार ३० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।  उक्त शेयरको न्यूनतम मूल्य रू. १ हजार २२ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।  यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।  कम्पनीको शेयर विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।  बोलपत्र असार ३१ गते बिहान ११ बजे आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड, टेकु, काठमाडौंमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खाल्ने कम्पनीले जानकारी गराएको छ ।

नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री

जेठ १६, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर आज (आइतवार)देखि लिलामीमा विक्री खुला गर्ने भएको छ ।  कम्पनीले ८० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री ल्याएको हो । यस शेयरमा आवेदकले जेठ ३० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।  शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १ हजार २२ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गनु पर्नेछ । उक्त शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतमको लागि हुने हद नलाग्ने कम्पनीले जानकारी गराएको छ ।  बोलपत्र जेठ ३१ गते अपरान्ह ३ बजे एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाटमा खाल्ने कम्पनीले जानकारी गराएको छ । कम्पनीको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।