आर्थिक वर्ष ७८/७९ मा एभरेष्ट बैंकको खुद नाफा ४३.७७ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ७७/७८ मा बैंकको खुद नाफा १ अर्ब ७७ करोड रहेकोमा आर्थिक वर्ष ७८/७९ मा बैंकको खुद नाफा बढेर २ अर्ब ५४ करोड पुगेको हो ।बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासिक विवरण अनुसार यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ८९ करोड रहेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.१५ प्रतिशतले बढेर ५ अर्ब ४२ करोड पुगेको छ । बैंकको कुल सञ्चालन आम्दानी ३२.८८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४२.८२ प्रतिशत बढेको छ। त्यस्तै बैंकको निक्षेप ७.८१ प्रतिशतले बढेर १ खर्ब ७२ अर्ब पुगेको छ भने कर्जा प्रवाह १३.९३ प्रतिशतले बढेर १ खर्ब ४५ अर्ब पुगेको छ । बैंकको खराब कर्जा ०.२४ प्रतिशत रहेको छ । ९ अर्ब ४६ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा १३ अर्ब २२ करोड रहेको छ । यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २६ रुपैयाँ ८९ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २३९ रुपैयाँ ७१ पैसा रहेको छ ।