पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै हवाई इन्धनको समेत मूल्य बढेपनि वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् । सोमबार एक सूचना जारी गर्दै वायु सेवा सञ्चालक संघले आन्तरिकतर्फ न्यूनतम ९० रुपैयाँदेखि अधिकतम ४४५ रुपैयाँसम्मले भाडा वृद्धि गरेका हुन् । संघका अनुसार सबैभन्दा बढी काठमाडौं–धनगढीको भाडा ४४५ रुपैयाँले बढेको छ भने काठमाडौं–सिमरा ९० रुपैयाँले बढेको छ । योसँगै अब काठमाडौंदेखि धनगढीको हवाई भाडा १५ हजार ६६५ रुपैयाँ पुगेको छ । यस्तै काठमाण्डौ–नेपालगञ्जको भाडा १