२८ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका अध्यापकमाथि आक्रमण गर्ने नेपाल विद्यार्थी संघका कार्यकर्ताविरुद्धको मुद्दा सरकारले फिर्ता लिने तयारी गरेको छ । समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने नेविसंघको त्रिवि क्याम्पस ईकाईका सभापति हरिप्रसाद आचार्य र सचिव योगेन्द्र रावलसहितका नेता कार्यकर्ताविरुद्धको ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता लिने तयारी भएको हो । मुद्दा फिर्ताको कानूनी […]