सर्लाही : गाउँगाउँमा विद्युत् पुगेसँगै बिजुलीबाट चल्ने मिल खुल्न थालेपछि किसानलाई कुटानपिसान गर्न निकै सहज हुन थालेको छ।अहिले सर्लाहीका अधिकांश गाउँमा बिजुलीबाट चल्ने मिल खुलेका छन्।गाउँमा बिजुलीबाट चल्ने मिल आएसँगै घण्टौँ लगाएर जाँतोमा अन्नपात पिस्नुपर्ने बाध्यता अन्त्य भएको हरिपुर नगरपालिका–१, हजारबिघाका समीर कोइरालाले बताए।‘पहिले जस्तो बिहान तीनचार बजे उठेर जाँतो चलाउनुपर्ने बाध्यता छैन, गाउँमै मिल खुलेका छन्, एकैछिनमा कुटान पिसान हुन्छ’, कोइरालाले भने।किसानले उब्जाएको मकै,