कैलालीमा हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान शनिबारदेखि सुरु भएको छ । नवौं पटकसम्म हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान असफल भएपछि यो वर्ष दशौं अभियान सुरु गरिएको हो । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले आम औषधि सेवन गरेर अभियानको उद्घाटन गर्नुभयो ।
सो क्रममा उहाँले स्वास्थ्यमा पहुँच रहेको कैलालीबाट हात्तीपाइले रोग निवारण हुन नसकेका कारण सुदूरपश्चिम प्रदेश हात्तीपाइले रोगमुक्त प्रदेश बन्न नसकेको बताउनुभयो ।