काठमाडौं : महोत्तरीको भंगहा नगरपालिका १ कञ्चजनवनमा ज्वाईले सासु र श्रीमतीलाई मट्टितेल खन्याएर आगो लगाएका छन्।गएराति आमाछोरीलाई मट्टितेल खन्याएर आगो लगाएपछि दुवै जना गम्भीर घाइते भएका छन्। वैदेशिक रोजगारीबाट फर्किएकाे एक वर्षदेखि ससुरालीमा बस्दै आएका औरही नगरपालिका ८ का शंकर सदाले आफ्नी श्रीमती ३५ वर्षकी पर्मिलादेवी र ६५ वर्षकी सासु रेश्मादेवी सदालाई आगो लगाएका महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पैयनीले थाहाखबरलाई जानकारी दिए।जलेर घाइते भएका दुवै जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार सम्भव नभ