एक महिनाअघि तीनकुनेमा चारजनाको सामूहिक हत्या गर्ने सञ्जय भण्डारी जेल चलान भएका छन् । उनलाई केन्द्रीय कार्यालयको गोलघरमा राखिएको छ । गोलघर जेलभित्रको पनि जेल मानिन्छ । यहाँ राखिएका कैदीबन्दीले अन्यसँग भेटघाट गर्न...
१० माघ, विराटनगर । २० वर्षअघि संखुवासभामा भएको दुई जनाको सामूहिक हत्या प्रकरणका फरार अभियुक्तलाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ । संखुवासभामा २०६० सालमा दुई जना पुरुषको सामूहिक हत्या प्रकरणका फरार अभियुक्त चैनपुर नगरपालिका- की ३५ वर्षीया कैली तामाङलाई प्रहरीले पक्राउ गरेको हो । केराबारी गाउँपालिका-१० स्थित मोहन नेपालको घरबाट तामाङलाई बुधबार पक्राउ गरेर संखुवासभास्थित […]
काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा सामूहिक हत्या प्रकरणमा पक्राउ गरेका दीपेन्द्र राईलाई प्रहरीले रिहा गरेको छ। हत्यामा उनको कुनै संलग्नता नरहेको खुलेपछि रिहा गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक...
काठमाण्डाै – म्यानमारको सेनाले सर्वसाधारणको सामूहिक हत्या गरेको विवरण सार्वजनिक भएको छ । बीबीसीले गरेको खोजपछि गएको जुलाईमा मात्र कम्तीमा ४० सर्वसाधारणको हत्या भएको विवरणहरू सार्वजनिक भएको हो ।
बीबीसीले प्रत्यक्षदर्शीसँगको कुराकानी र सेनाले यातना दिएर हत्या गरी सामूहिक रूपमा पुरिएको भिडियोसहित सामूहिक हत्याका विवरणहरू सार्वजनिक गरेको हो । विपक्षीहरूको पकड रहेको मध्य म्यानमारको सागिङ जिल्लाका विभिन्न चार ठाउँमा सेनाले सामूहिक हत्या गरेको हो ।
हत्या गरिएकामध्ये धेरैजसाे व्यक्तिलाई पहिला यातना दिइएक...
संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा प्रहरीले अनुसन्धान जारी राखेको छ । अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई जिल्ला सदरमुकाममा ल्याएका छन् ।लोकबहादुरका भाइ नरेश कार्कीलाई सोधपुछका लागि सदरमुकाम खाँदबारी ल्याएको प्रदेश–१ प्रहरी कार्यालयका डीआईजी अरुण बिसीले रातोपाटीलाई बताए । हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नरेशको साथबाट सो मोबाइल बराम
काठमाडौँ– संखुवासासभा जिल्लाको मादी गाउँपालिका वडा नम्बर १ मा यही भदौ २१ गते ६ जनाको सामूहिक हत्या भएपछि सो गाउँमा अहिले सन्नाटा छाएको छ । ५८ वर्षीय तेजबहादुर कार्की, उनकी ८० वर्षीया आमा पार्वता कार्की, श्रीमती ५६ वर्षीया कमला कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दीपक कार्की र ५ वर्षीया नातिनी गोमा […]
सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा संलग्न रहेको आशङ्कामा आज (बिहीबार) प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुर कार्कीका भाइ नरेश कार्कीलाई नियन्त्रणमा लिएको हो । हत्या गरिएका तेजबहादुर कार्कीकी बुहारी रञ्जनाको हराइरहेको मोबाइल नरेशको साथबाट बरामद भएको प्रहरीले जनाएको […]
कुनै सामान्य व्यक्तिले आफन्त नातेदार तथा परिचितहरूको सामूहिक रूपमा हत्या गर्नुका पछाडि मानसिक असन्तुलन (डिप्रेसन) मुख्य कारण देखिएको छ ।
सात प्रदेशमा भएका २५ वटा सामूहिक हत्या घटनामा संलग्न अधिकांश अभियुक्तमा डिप्रेसनको समस्या मुख्य कारण देखिएको नेपाल प्रहरीले जनाएको हो । नेपालमा एक व्यक्तिबाट छ जनासम्मको हत्या भएको छ ।
नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७५/०७६ देखि २०७८/०७९ सम्म करिब चार वर्षको अवधिमा सामूहिक हत्याका २५ वटा घटना दर्ता भएका छन् । ती घटनामा ११ बालक, पाँच बालिका, २५ महिला र २७ पुरुष गरी ६८ जनाले ज्या...
संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१, खोला गाउँका ६ जनाको विभत्स हत्याको घटना रहस्यमयी भएको भन्दै प्रहरीले सूक्ष्म अध्ययन सुरु गरेको छ । सोमबार बिहान एकै परिवारका ६ जनाको हत्या भएको जानकारी पाएपछि स्थानीय प्रहरी, इलाका प्रहरी चैनपुर र जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलमा प्रहरी पुगेको थियो । घटनास्थल पुगेका प्रहरीले ६ जनाको शव घरवरिपरि विभिन्न स्थानमा […]
The post संखुवासभा सामूहिक हत्या: विभिन्न कोणबाट अनुसन्धान गर्दै प्रहरी टोली appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा एउटा परिवारको सामूहिक हत्या भएको घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । सोमबार बिहान ५२ वर्षीय तेजबहादुर कार्की सहित ६ जनाको शव घरबाहिर फेला परेको थियो । घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुरका इन्सपेक्टर योगराज खतिवडाको टोली पुगेको छ । तालिमप्राप्त कुकुरबाट घटनास्थल अनुसन्धान गर्नुअघि प्रहरीले शव चलाएका छैनन् । घटनास्थलमा सुरक्षा दिइरहेका छन् । घटनास्थलमा पुगेका सुरक्षाकर्मीका अनुसार तेजबहादुर कार्की सहित उनकी आमा ८४
२१ भदौ, संखुवासभा । संखुवासभा सामूहिक हत्या प्रकरणमा ६ जनाको शव चार ठाउँमा भेटिएको छ । त्यही आधारमा अनुसन्धानमा संलग्न अधिकृतहरुले उनीहरुको हत्या लखेट्दै लखेट्दै भएको हुन सक्ने आशंका गरेका छन् । घटनास्थल पुगेका एक प्रहरीका अनुसार मादी नगरपालिका–१, खोलागाउँस्थित घरबाट ५० मिटर पर रहेको खोल्सामा दुई जना महिलाको शव भटिएको छ । घरबाट माथि […]