साताको चौथो दिन अर्थात् बुधबार नेप्सेमा ३० अंकको सुधार आएको छ । ३०.२४ अंकले बढ्दै आज नेप्से सूचक २४ सय १५.२४ अंकमा उक्लिएको हो । अघिल्लो दिन यस्तो सूचक ३४ अंक माथिले घटेको थियो । तर, आज नेप्सेमा ३० अंक माथिको सुधार आउँदा समेत कारोबार भने खासै हुन सकेन ।नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन पनि जम्मा १ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । अघिल्लो दिन ३४.७८ अंकले घटेको बजारमा एक अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आज माइक्रोफाइनान्स समूहको उपसूचक अधिकतम २