काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी आक्रमणको बचाउ गरेका छन् । दोश्रो विश्वयुद्धमा तत्कालीन नाजी जर्मनीको पराजयको ‘विजय दिवस’ मा सम्बोधन पुटिनले युक्रेनमा जारी ‘विशेष सैनिक कारवाही’ को बचाउ गरेको बीबीसीले जनाएको छ । उनले पूर्वी युक्रेनमा जारी लडाइँमा लडिरहेका रुसी फौज तथा स्वयंसेवीहरू ‘मातृभूमि र यसको भविष्यका लागि लडिरहेको’ समेत टिप्पणी गरे । […]