यूरोपेली संघले सन् २०२१ को अन्त्यसम्म कोभिड १९ बिरुद्धको २० करोड खोप अनुदान गर्ने घोषणा गरेको छ । वर्षको अन्त्य हुनुअघि औसत र निम्न आय भएका राष्ट्रले यूरोपेली संघको खोप अनुदानमा पाउनेछन् ।
२७ राष्ट्र सम्मिलित यूरोपेली संघले जी सात सम्मेलनको क्रममा १० करोड खोप अनुदान दिने बताएपछि हाल आएर अनुदानमा खोप दिने संख्या दोब्बर पारेको उल्लेख गरेको छ । यूरोपेली संघले अनुदान दिने खोप संयुक्त राष्ट्र संघको ‘कोभ्याक्स’ कार्यक्रममार्फत् सम्बन्धित राष्ट्रले पाउनेछन् ।
यूरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनले संघले विश्वलाई कोभिड १९ बिरुद्ध लड्न सहयोग गर्ने जिम्मेवारी स्वरुप अनुदान घोषणा गरेको बताउनुभएको छ ।