प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकार गठन भएको करिब एक वर्षको अवधिमा धेरै सुधारको प्रयास थालेको बताउनुभएको छ । मूलधारका सञ्चार माध्यमका सम्पादकसँग सोमबार कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सरकारले धेरै गर्न नसके पनि यस अवधिमा जनतामा विश्वास र भरोसा जगाउने काम गरेको छ ।”