कोरोना भाइरस नियन्त्रणका लागि सरकारले ३० बुँदे आदेश जारी गरेको छ ।
गएको सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले सङ्क्रमण बढ्दै गएको भन्दै यसको रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी ३० बुँदे आदेश जारी गरेको हो । आदेशमा स्वास्थ्य मापदण्डको पालना कडाइका साथ गर्ने, भीडभाड हुने कार्यक्रममा सहभागी हुन नदिने, आवश्यक सुरक्षा सतर्कता अवलम्बन गर्ने लगायतका विषयहरु समावेश गरिएका छन् ।
यो आदेश जारी गर्नुको कारण हामी सबै बचौँ, कोरोना हाम्रो सामूहिक सत्रु हो, त्यसैले यस...