चितवन : बडादशैँ घर–घरमा हर्षोल्लासका साथ आउँदै गर्दा कारागारमा बन्दी जीवन बिताइरहेकाहरू त्यही घर सम्झेर दशैँ मनाउँदै छन्। कैदीबन्दीले जहाँ बस्यो त्यही रमाइलो हुने भन्दै सबै मिलेर दशैँ मनाउने बताएका छन्। कैद जीवन बिताउँदै आएका कैदीबन्दी विगतका वर्षमा जस्तै यस वर्ष पनि दशैँ मनाउने तयारीमा जुटेका छन्। दशैँ सुरु भएसँगै विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम गरिरहेका छन्। कतिपय कैदी नयाँ हुन् भने अधिकांश पुराना छन्। हेटौँडाकी शर्मिला शर्माले (नाम परिवर्तन) घरगाउँको दशैँको सम्झनासमेत