रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पुनः रुसमाथि लागू पश्चिमी प्रतिबन्धको आलोचना गरेका छन् । उनले पश्चिमी प्रतिबन्धले सम्पूर्ण विश्वमाथि खतरा उत्पन्न गरेको आरोप पनि लगाए । भ्लादिभोस्तोकमा आयोजित आर्थिक मञ्चलाई सम्बोधन गर्दै उनले रुसले पश्चिमाको आर्थिक ‘आक्रमण’ को कुशलतापूर्वक सामना गरिरहेको बताए । तर प्रतिबन्धका लागि युरोपेलीको जीवनस्तर धरापमा पारिएको र गरीब देशहरूले खानामा पहुँच गुमाउँदै गएको पुटिनले बताए । पुटिनले युक्रेनको अन्नको विषयमा युरोपले गरिब देशलाई धोका दिइरह