पूर्व गृहमन्त्री एवं माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतको गृह जिल्ला जाजरकोटमा स्थानीय तहको निर्वाचनलाई लिएर दलहरु आन्तरिक लेखाजोखामा छन् । सत्ता गठबन्धन संयन्त्रले आसन्न स्थानीय तहको चुनावमा आपसमा तालमेल गरेर जाने निर्णय गरिसकेको छ भने एमालेले पनि उम्मेदवारको टुङ्गो लगाउने काम अगाडि बढाएको छ ।विशेषगरी प्रमुख राजनीतिक दलहरु नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र एमालेबीच प्रतिस्पर्धा हुँदै आएको यस जिल्लामा ०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले पहिलो बनेको थियो । जिल्लाका ७ वटा स्