धनुषा – कोभिड-१९ महामारीका कारण विदेशमा रोजगारी गुमाएर फर्किएका मधेस प्रदेशका नौ सय ८० युवालाई तालिम दिइएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमअन्तर्गत विदेशबाट फर्किएका नेपालीका लागि रोजगारमूलक सीप तथा क्षमता अभिवृद्धि कार्यक्रमले प्रदेशमा कृषि, निर्माण र पर्यटन क्षेत्रमा एक सय ६० घण्टाको रोजगारमूलक तालिम दिइएको हो। सो कार्यक्रमको प्रगति […]
सरकारले चालु आर्थिक वर्षमा थप १ लाख युवालाई सीप विकास तालिम प्रदान गर्ने घोषणा गरेको थियो । तर चैत मसान्तसम्म ५ सय १५ जनाले मात्रै यस्तो तालिम पाएका छन् ।