पुँजीबजारको समस्या समाधानको लागि अर्थमन्त्री र अर्थसचिवसँग छलफल गर्छु: प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुँजीबजारको समस्या समाधानको लागि अर्थमन्त्री र अर्थसचिवसँग छलफल गर्ने बताएका छन् । पुँजीबजार सुधार संघर्ष समितिको ज्ञापन पत्र बुझ्दै प्रचण्डले अर्थमन्त्री र अर्थसचिवसँग छलफल गरेर पुँजीबजारको समस्या समाधान गर्न पहल गर्ने बताएका हुन् ।उनले प्रधानमन्त्री तथा गठबन्धन दलहरुसँग भेटेर पुँजीबजारको समस्या समाधानको लागि तत्काल कदम चाल्ने प्रतिवद्दता समेत व्यक्त गरेका छन् ।  पुँजीबजार सुधार संघर्ष समितिले आज सोमबार प्रचण्डलाई १९ बुँदे माग सहितको ज्ञापन पत्र बुझाएको हो।  समितिका संयोजक तिलक कोइरालाको तर्फबाट लगानीकर्ताहरुले प्रचण्डलाई ज्ञापन पत्र बुझाएका हुन् ।ज्ञापनपत्र बुझाउन गएका लगानीकर्ताले प्रचण्ड निवास खुमलटारसम्म प्रदर्शन समेत गरेका थिए । संघर्ष समितिका संयोजक तिलक कोइराला गत असार १ गतेदेखि खुमलटार स्थित नेपाल धितोपत्र बोर्डको कार्यालय अगाडी आमरण अनसन बसेका छन् । कोइराला कै तर्फबाट आज लगानीकर्ताहरुले प्रचण्डलाई ज्ञापन पत्र बुझाएका हुन् । यस अघि हिजो आइतबार उनीहरुले नेपाल राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाएका थिए ।यस्ता छन् संघर्ष समितिको १९ बुँदे माग : १. विगतको एमाले सरकारले साढे तीन बर्ष अघि नै  र वर्तमान अर्थमन्त्रीले  दुई महिना अघि नै गरिसक्छु भनेका ५८ बुँदेका बाँकी काम तत्काल पुरा हुनैपर्ने।२. बाणिज्य बैंकका सहायक कम्पनी  र अन्य संंस्थागत पब्लिक कम्पनीहरुलाई एक अर्ब चुक्ता पूँजी कायम गरी तत्काल बोकर लाईसेन्स वितरण गर्नुपर्ने।३. कमिशन ब्रोकर र फुल ब्रोकरहरुको बर्गीकरण गरी बर्तमान  ब्रोकरहरुको चुक्ता पूँजी बृद्धि गर्न लगाई दुई बर्षभित्र कमिशन ब्रोकरको ५० करोड र फूल ब्रोकरको एक अर्ब पुर्याउनुपर्ने ।४. ब्रोकरहरुको शाखा  बिस्तार र उनीहरुले निर्माण गरेको टीएमएस् संचालनका लागि तत्काल स्वीकृति दिनुुपर्ने ।५. गैर आवासीय नेपालीहरुलाई तत्काल पूँजी बजारमा लगानी गर्न स्वीकृति दिनुपर्ने । ६. सरकारका मन्त्री, राजनीतिक दलका नेता र सार्वजनिक ओहदामा रहेकाहरुले सेयर बजारबारे सकारात्मक वा नकारात्मक अभिब्यक्ति दिनमा बन्देज लगाउनुपर्ने । ७.. नेप्सेमा रहेको  सरकारी स्वामित्व तत्काल विनिबेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढीकरण गर्नुपर्ने । ८. सूचीकृत साना कम्पनीहरुका लागि एसएमई प्लेटफर्म तत्काल ब्यवस्था गरी साना र नयाँ कम्पनीहरुको हकमा सर्किट ब्रेकर प्रणालीमा परिवर्तन गर्नुपर्ने, निफ्रा, बाणिज्य बैंकहरुलाई खुला छाड्नुपर्ने । ९. ब्रोकर कमिशनको माथिल्लो विन्दु यथावत राखी तल्लोविन्दु खुला छाडेर प्रतिस्पर्धात्मक कमिशन दर तय गर्नुपर्ने र सेयर कारोबारमा लाग्दै आएका अन्य शुल्कहरु घटाउनुपर्ने । १०. दीर्घकालीन लगानीकर्ताका लागि ३ प्रतिशत मात्र पूँजीगत लाभकर लाग्ने गरी घटाउनुपर्ने । ११. बैंक खाता, हितग्राही खाता र कारोबार खाता पूर्ण रुपमा अन्तर आबद्ध गरी लगानीकर्ता स्वयंले पासवर्ड र युजरआईडी प्रयोग गरी बिक्री गरेको सेयरको स्वत: इडिआईएस हुनुपर्ने ब्यवस्था गर्नुपर्ने । सेयर खरिद गर्दा बैंक खाता र ब्रोकर मार्जिनको विकल्प खडा गरी बैंकको विकल्प प्रयोग गरी खरिद गरेको अबस्थामा स्वत: रकम रोक्का भई राफसाफको बेलामा स्वचालित रुपमा ब्रोकरको खातामा रकम तानिने हुनुपर्ने । १२. सीडीएससीमार्फत सेयर खरिद बिक्रीको राफसाफ भएकै दिन लगानीकर्ताको खातामा पैसा र सेयर जानुपर्ने र करकट्टीको हिसाब पनि  प्यान नम्बर लिएका लगानीकर्ताकै नामबाट कर कार्यालयको खातामा सिधै जम्मा हुनुपर्ने । १३. सेयर बजारमा डेरिभेटिभ्स, फ्युचर, अप्सन, इृन्ट्रा डे जस्ता अत्याधुनिक उपकरणहरु  प्रयोगमा ल्याउनुपर्ने । १४. बीमा कम्पनी, निफ्रा, बिकास बैंक र फाईनान्स, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष  लगायतलाई आफ्नो ७० प्रतिशत लगानीमा सहायक कम्पनीमार्फत म्युचुअल फण्ड संचालन गर्न बाध्यात्मक ब्यवस्था गर्नुपर्ने र गैरआवासीय नेपालीहरुले पहिलो बर्ष म्युचुअल फण्डमा मात्र लगानी गर्न पाउने ब्यवस्था गर्ने ।  १५. राष्ट्र बैंकले तत्काल १० अर्बको कोष खडा गरी ब्रोकरहरुमार्फत मार्जिन ट्रेडिड. ब्यवस्था प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने । १६. नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बिज्ञले मात्र सेयर बजारको अबस्था, कम्पनीको अबस्था, सेयर मूल्य र नेप्से सूचक जस्ता संबेदनशील बिषयमा बिश्लेषणहरु सार्वजनिक गर्न पाउने  ब्यवस्था कडाईका साथ लागु गर्ने । १७. मर्जरमा जाने कम्पनीहरुको मर्जर सम्झौता हुँदा नै स्वाप  रेसियो तय गरी बढीमा एक सातामा समायोजनसहित सेयर कारोबार खोल्नुपर्ने । १८. १२ करोड भन्दा बढी सेयर धितो कर्जा लिएर म्याद सकिन लागेका वा सकिएका ऋणीहरुको सवालमा असार  मसान्तसम्ममा कर्जाको साँवा ब्याज असुलीको समय दिनुपर्ने । १९. पूँजी बजार र सेयरको मूल्यलाई प्रभाव पार्ने सम्बन्धी नीति नियम लागु गर्दा लगानीकर्ताले पूर्व तयारी गर्न सक्ने गरी कम्तिमा ६ महिनाको अवधि दिने गरी मात्र ल्याउनुपर्ने ।

सम्बन्धित सामग्री

जनार्दश शर्मा प्रकरण : छानविन समितिले अर्थ सचिव र राजश्व सचिवसँग छलफल गर्ने

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न बनेको संसदीय विशेष छानविन समितिले अर्थ मन्त्रालयका सचिव र राजस्व सचिवसँग छलफल गर्ने निर्णय गरेको छ । समितिको बिहीबारको बैठकले अर्थ मन्त्रालयबाट पूर्व अर्थमन्त्री शर्मासँग विषय कागज तथा विवरण नआएकाले ठोस एजेण्डामा छलफल हुन नसकेकोे समितिका सचिव सुरेन्द्र अर्यालले बताउनुभयो । उहाँले बुधबार अर्थ मन्त्रालयलाई पूर्व अर्थमन्त्री शर्मासँग […]

जनार्दन शर्मा प्रकरण : शुक्रवार अर्थ सचिव र राजस्व सचिवसँग छलफल गरिने

काठमाण्डाै – पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिको बिहीवारको बैठकले शुक्रवार अर्थ मन्त्रालयका सचिव र राजस्व सचिवसँग छलफल गर्ने निर्णय गरेको छ ।  आज बिहीवार सिंहदरवारमा बसेको संसदीय विशेष छानबिन समितिको बैठकले अर्थ मन्त्रालयबाट पूर्व अर्थमन्त्री शर्मासँग सम्बन्धित कागज तथा विवरण नआएकाले एजेन्डामा छलफल हुन नसकेको समितिका सचिव सुरेन्द्र अर्यालले बताउनुभयो । उहाँले बुधवार अर्थ मन्त्रालयलाई पूर्व अर्थमन्त्री शर्मासँग सम्बन्धित कागज तथा विवरण माग गरे पनि नआएको र बिहीवार कार्यालय सयमभित्र ...

अर्थ मन्त्रालय अन्तर्गतको छलफल सकिएपछि संसद बैठकमा एमाले सामेल

प्रमुख प्रतिपक्ष नेकपा एमाले प्रतिनिधिसभामा अर्थ मन्त्रालय अन्तर्गत विनियोजन विधेयकमाथिको छलफल सकिएपछि प्रतिनिधिसभा बैठकमा फर्किएको छ । अर्थमन्त्री जनार्दन शर्माले छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा एमालेले बैठक बहिष्कार गरेको थियो । अर्थ मन्त्रालय अन्तर्गतको छलफल सकेर रक्षा मन्त्रालय अन्तर्गत छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने प्रक्रियामा भने एमाले पनि बैठक कक्षमा प्रवेश गरेको छ ।  (यसअघि अन्यथा भएकोमा सच्याइएको छ । -सम्पादक)

अर्थमन्त्रीद्वारा अर्थ समितिमा बीमा ऐनबारे छलफल

काठमाडौं :  प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल भएको छ। मंगलवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ माथि पनि छलफल भएको हो। बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विधेयकमाथि भएको छलफलको प्रतिवेदन समितिमा प्रस्तुत गरे।उनले विधेयकको विधि निर्माणपछि सच्याउनुपर्ने शब्दावलीहरूको बारेमा समितिलाई जानकारी गराए। २०७५ असार २७ मा दर्ता भएको बीमासम्बन्धी विधेयक अहिलेसम्म पनि अघि बढ्न सकेको छैन।

अर्थमन्त्री र गभर्नरबीच मौद्रिक नीतिबारे छलफल

काठमाडौँ – अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरबीच आगामी आर्थिक वर्षको मौद्रिक नीतिबारे छलफल भएको छ। बुधबार बिहान अर्थ मन्त्रालयमा अर्थमन्त्री जर्नादन शर्मा र गर्भनर महाप्रसाद अधिकारीबीच आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिबारे छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटको लक्ष्यलाई प्राप्त गर्ने गरी मौद्रिक नीति आउनु पर्ने बताएका […]

आगामी मौद्रिक नीतिबारे अर्थमन्त्री र गभर्नरबीच छलफल

२५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएको छ । बुधबार बिहान अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री शर्माले आगामी आवको बजेटको लक्ष्यलाई प्राप्त गर्ने गरी मौद्रिक नीति आउनु पर्ने बताएका थिए । मन्त्रालयका स्रोतका अनुसार गभर्नर अधिकारीले बजेटलाई समर्थन […]

अर्थ समितिमा अर्थमन्त्री : अर्थतन्त्र नजानेको भन्नेलाई देखाइदिन्छु

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आफूमाथि आलोचना गर्नेलाई कडा जवाफ फर्काएका छन् । आज (बिहीबार) प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थमन्त्री शर्माले आफूले गरेका कामको प्रतिरक्षा र आलोचकमाथि निशाना एकैसाथ साँधे । अर्थ समितिले अर्थतन्त्रको वर्तमान अवस्था, देखिएका चुनौती, अर्थ मन्त्रालयका काम कारबाही र भावी योजना लगायतका विषयमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल चलाएको थियो । समितिले आयोजना गरेको छलफलमा अर्थमन्त्री शर्मा र केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधि

अर्थमन्त्री शर्मा र बैंकर्सबीच छलफल

काठमाडौं । हाल मुलुकको बैंकिङ प्रणालीमा तरलता अभाव भएपछि अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार नेपाल बैंकर्स संघसँगका पदाधिकारी तथा अन्य बैंकर्सहरूसँग छलफल गरेका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री शर्माले कर्जा प्रवाह धेरै भएको तर त्यो पैसाको प्रभाव नदेखिएको भन्दै चिन्ता व्यक्त गरे । उनले बैंकर्ससँग जुन प्रकारले कर्जा प्रवाह भएको छ सोहीअनुरूपको आर्थिक […] The post अर्थमन्त्री शर्मा र बैंकर्सबीच छलफल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अर्थमन्त्री शर्मा र एमसीसी उपाध्यक्षबीच भेटवार्ता

अर्थमन्त्री जनार्दन शर्मा र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ ।  शनिवार एमसीसी उपाध्यक्ष सुमार अर्थमन्त्री शर्मालाई भेट्न सिंहदरबार पुगेकी हुन् ।भेटका अवसरमा अर्थमन्त्रीले एमसिसीका विषयमा राजनैतिकस्तरमा छलफल भइरहेको बताएका छन् । अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेशनबीच सन् २०१७ मा सम्पन्न कम्प्याक्टका विषयमा राजनैतिकस्तरमा छलफल भएको छ ।” सो अवसरमा उपाध्यक्ष सुमारले कम्प्याक्टलाई शीघ्र अनुमोदन गरी कार्यान्वयन