पाकिस्तानले अत्यावश्यकबाहेकका वस्तु आयातमा रोक लगायो, मोबाइल, गाडी र कस्मेटिक आयात बन्द

कराँची (पाकिस्तान) । पाकिस्तानले अत्यावश्यक बाहेकका सामाग्रीहरुको आयातमा रोक लगाएको छ । त्यहाँका सूचना मन्त्रीले बिहीवार यस्तो बताएका हुन् । चालू खाता घाटा अनियन्त्रित बनेको र विदेशी विनिमय सञ्चिति घट्दै गइरहेको र घरेलु मुद्रा रुपयाको भाउ ऐतिहासिक न्यून स्तरमा आएको अवस्थामा अर्थतन्त्रलाई स्थिर बनाउन सो कदम चालिएको बताइएको छ ।  आयात रोक्का भएका सामान तीन दर्जन भन्दा बढी रहेका पनि बताइएको छ । यो सूचिमा कार, सेलुलर फोन, होम अप्लायन्सेज र कस्मेटिक आदि छन् । यी सामानहरुको आयातमा पूर्णतः रोक लगाइने मन्त्री मरियम औंरंगजेबले बताएकी छिन् ।  आयात प्रतिबन्ध कहिलेसम्म लागू हुनेछ भनेर बताइएको छैन । यद्यपि, अन्य खालका उपायहरुसहित यसले गम्भीर अवस्थामा पुगेको विदेशी विनिमय सञ्चितिलाई केही भए पनि टेवा मिल्ने अपेक्षा गरिएको औरंगजेबको भनाइ छ । सरकारले आर्थिक संकटको निकासका लागि अन्य कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको छ । आयात प्रतिबन्धले वार्षिक रुपमा ६ अर्ब डलर बचत हुने अपेक्षा गरिएको छ ।  पछिल्लो प्रतिबन्धले इन्धन र खानेतेल तथा अन्नको आयात भने प्रभावित हुने छैन । पछिल्लो समय पाकिस्तानको विदेशी विनिमय सञ्चिति तीव्र दरमा घटिरहेको छ । फेब्रुअरीको अन्त्यमा १६ अर्ब ३० करोड डलर रहेको विनिमय सञ्चिति घटेर ६ अर्ब डलरमा झरेको छ । एजेन्सी

सम्बन्धित सामग्री

एक वर्षमा ५ अर्बको विद्युतीय गाडी भित्रियो, चीनबाट सबैभन्दा धेरै आयात

डिजेल तथा पेट्रोलबाट चल्ने सवारी साधन आयातमा रोक लगाएसँगै पछिल्लो समय विद्युतीय गाडी आयातमा वृद्धि भए पनि उत्साहजनक नतिजा देखिएको छैन । भन्सार विभागका अनुसार आव २०७८/७९ को तथ्याङ्कमा आयात प्रतिबन्धको असर विद्युतीय सवारीमा पनि परेको छ ।

१० वस्तुको आयातमा असारसम्म प्रतिबन्ध

काठमाडौं । बैंकहरूले सवारीसाधन र विलासी वस्तु आयातका लागि प्रतीतपत्र (एलसी) खोल्न छाडेको ३ सातापछि सरकारले १० किमिसका वस्तु आयातमा प्रतिबन्ध लगाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलवार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको हो । प्रतिबन्ध असार मसान्तसम्मका लागि लगाइएको हो । आयातमा प्रतिबन्ध लगाउने सरकारी निर्णयले विदेशी मुद्रा सञ्चितिमाथिको चाप अझै नघटेको संकेत गर्छ । सरकारले विलासी वस्तुको आयात निरुत्साहित गर्न दर्जनौं वस्तुको आयात एलसी खोल्दा ५० र शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने, एलसी नै नखोल्ने जस्ता उपाय अपनाउँदै आएको थियो । ती उपायले अपेक्षित नतीजा नल्याएपछि सरकारले यो कदम चालेको हो । तर, कूटनीतिक नियोगले भने आयात रोकिएका सामान ल्याउन पाउने वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेयले जानकारी दिए । कूटनीतिक नियोगले आफ्नै प्रयोजनका ती वस्तु आयात गर्न पाउने उनको भनाइ छ । मदिरा आयातमा प्रतिबन्धले होटेल व्यवसायमा नकारात्मक असर पर्ने होटेल संघ नेपाल (हान) को भनाइ छ । हानका कार्यवाहक अध्यक्ष विनायक शाह मदिरा रोक्दा हुने असर नबुझी निर्णय गरिएकाले सरकारले यो निर्णयमा पुनर्विचार गर्नुपर्ने बताउँछन् । सरकारले निर्णय नसच्याए पर्यटन क्षेत्र नै प्रभावित हुने उनले बताए । नेपाल राष्ट्र बैंकले विलासी वस्तुको आयात नरोके अत्यावश्यक वस्तुको आयातसमेत संकटमा पर्ने भन्दै १६ चैतमा अर्थ मन्त्रालयलाई १६ बुँदे सुझाव दिएको थियो । आफ्नो सुझावमाथि अर्थमन्त्रीले बेवास्ता गरेपछि चैत २१ मै राष्ट्र बैंकले सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर विलासी वस्तु आयातका लागि प्रतीतपत्र नखोल्न मौखिक निर्देशन दिएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार हाल विदेशी मुद्रा सञ्चिति घटेर साढे ९ अर्ब डलर मात्र बाँकी छ । यसले साढे ६ महीनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ । आयात प्रतिबन्धले आयातमा आधारित राजस्व संकलनमा पनि धक्का पुग्ने देखिन्छ । चैतमा अर्थ मन्त्रालयले ४६ अर्ब रुपैयाँ भन्सार राजस्व उठाउने लक्ष्य राखेको थियो । भन्सार राजस्व मासिक लक्ष्यको तुलनामा ६ अर्ब कम उठेको छ । अर्थ मन्त्रालयका अनुसार आन्तरिक राजस्वमा भ्याटतर्फको असुली पनि न्यून छ । चालू आर्थिक वर्षको ९ महीनाको लक्ष्यसँग तुलना गर्दा करीब १२ अर्ब कम मूल्य अभिवृद्धिकर संकलन भएको छ । चालू वर्षको ९ महीनामा मूल्य अभिवृद्धिकर शीर्षकमा ९२ अर्ब ८४ करोड संकलन गर्ने लक्ष्य थियो । यस अवधिमा ८० अर्ब ८८ करोड रुपैयाँमात्रै उठेको आन्तरिक राजस्व विभागको तथ्यांक छ । विद्युतीय गाडी आयात गर्न पाइने सरकारले पेट्रोल, डिजेलबाट चल्ने गाडीको आयातमा रोक लगाए पनि विद्युतीय गाडी भने आयात गर्न पाइन्छ । त्यस्तै, २५० भन्दा कम सीसीका मोटरसाइकल आयात पनि रोकिएको छैन । वैशाख १३ गतेअघि बैंकिङ माध्यमबाट आयातको प्रक्रिया सम्पन्न भइसकेका वस्तुको हकमा पनि प्रतिबन्ध नलाग्ने राजपत्रको सूचनामा उल्लेख छ । नाडा अटो मोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले सबै गाडी आयातमा रोक लगाउँदा डेढ २ महीनापछि बजारमा गाडी पाउन मुश्किल पर्ने बताए । उनका अनुसार कमर्शियल, विद्युतीय र २५० भन्दा कम सीसीका मोटरसाइकललाई समस्या हुने छैन । असार मसान्तसम्म गाडी आयात गर्न नपाउने भएपछि असार मसान्तसम्म एलसी नखोल्दा असार, साउन र भदौ महीनामा ग्राहकले चाहेको गाडी पाउन नसक्ने उनको भनाइ छ ।

निजी गाडी आयात बन्द : एलसी रोक्न राष्ट्र बैंकको निर्देशन

सरकारले निजी सवारीसाधन आयातमा रोक लगाएको छ । राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूलाई बोलाएर निजी गाडी आयातका लागि प्रतीतपत्र (एलसी) नखोल्न मौखिक निर्देशन दिएको हो ।  उच्च आयातकै...

विलासी गाडीको आयात फेरि खुल्यो

काठमाण्डाै – सरकारले विलासी गाडीको आयातमा लगाएको बन्देज हटाएको छ । मङ्गलवार राजपत्रमा सूचना प्रकाशित गरेर सरकारले गएको वर्षको चैत १६ गतेदेखि लगाएको बन्देज हटाउँदै ५० हजार डलरभन्दा महँगा गाडीको आयात खुला गरेको हो । गएको वर्षको चैत १६ गतेदेखि सरकारले ५० हजार डलरभन्दा महँगा गाडी आयातमा रोक लगाएको थियो । यस्तै सरकारले मरिच, केराउ, छोकडा र सुपारी आयातमा लगाइएको बन्देज हटाएर कोटा निर्धारण गरेको छ । अब वार्षिक ८० हजार मेट्रिक टन केराउ, २५ हजार टन सुपारी, पाँच हजार मेट्रिक टन छोकडा र १५ हजार टन...

५० हजार डलरमाथिका गाडी आयातमा रोक, सुनको कोटा आधा झारियो, मदिरा आयात गर्न नपाइने

काठमाडौं। सरकारले ५० हजार डलरमाथिका गाडी आयातमा प्रतिबन्ध लगाएको छ। अत्यावश्यकीय आयातमा खुकुलो नीति लिएर बैदेशिक मुद्रा मौज्दातमा दबाब