भारतका स्थल सेनाध्यक्ष मनोज पांडे नेपाल आउने, यस्तो छ कार्यतालिका

काठमाडौं : प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष जनरल मनोज पांडे नेपाल आउने भएका छन्। पाँच सदस्यीय भ्रमणदलका साथ उनी भदौ १९ गते नेपाल आउने नेपाली सेनाले जनाएको छ।पाँच दिवसीय भ्रमणमा जनरल पांडेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्‍डामा सम्मान गारद निरीक्षण, प्रधान सेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाका तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप प्रदान गरिने विविध सामग्रीहरुको हस्तान्तरणलगायत कमाण

सम्बन्धित सामग्री

भारतीय स्थल सेनाध्यक्ष पांडे भदौ १९ गते नेपाल आउँदै

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे यही भदौ १९ गते नेपाल आउने भएका छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी भदौ १९ गते पाँच सदस्यीय भ्रमण दलका साथ नेपाल आउन लागेको नेपाली सेनाले जनाएको छ । भदौ १९ देखि २३ गते (सेप्टेम्बर ४ देखि ८ तारिख)सम्म हुने पाँचदिवसीय...

मानार्थ सेनापतिको दर्जा ग्रहण गर्न भारतीय सेनापति नेपाल आउँदै

काठमाण्डाै – भारतीय स्थल सेनाध्यक्ष मनोज पांडे भदौ १९ गते नेपाल आउनुहुने भएको छ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष पांडे पाँच सदस्यीय प्रतिनिधिसहित पाँच दिने नेपाल आउने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । भ्रमणको मुख्य अंशको रूपमा रहेको नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल पांडेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ ।  यस्तै भारतीय सेनाध्यक्ष पांडेले...