मानार्थ सेनापतिको दर्जा ग्रहण गर्न भारतीय सेनापति नेपाल आउँदै

काठमाण्डाै – भारतीय स्थल सेनाध्यक्ष मनोज पांडे भदौ १९ गते नेपाल आउनुहुने भएको छ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष पांडे पाँच सदस्यीय प्रतिनिधिसहित पाँच दिने नेपाल आउने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । भ्रमणको मुख्य अंशको रूपमा रहेको नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल पांडेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ ।  यस्तै भारतीय सेनाध्यक्ष पांडेले...

सम्बन्धित सामग्री

भारतीय सेना प्रमुख आज नेपाल आउँदै

काठमाडौं । पाँच दिने भ्रमणका लागि भारतीय सेनाका प्रमुख मनोज पाँडे आज नेपाल भ्रमणमा आउँदैछन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पाँडेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान कार्यक्रम छ। नेपाल र भारतबीच सन् १९५१ देखि एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा […]

भारतीय सेना प्रमुख पाण्डे आज नेपाल आउँदै, राष्ट्रपतिले मानार्थ महारथी दर्जा दिने

काठमाडौं । भारतीय सेनाका प्रमुख मनोज पाण्डे पाँच दिने भ्रमणका लागि आज नेपाल आउँदै छन् ।प्रधान सेनापति महारथी प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीयस्थ सेनाका प्रमुख पाण्डे १९ गते पाँच सदस्यीय भ्रमणदलका साथ नेपाल आउन लागेका हुन् । पाँच दिवसीय भ्रमणका दौरान जनरल पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित विर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्‍डामा सम्मान गारत निरीक्षण, […]