स्याङ्जा - स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले सयपत्री फूल बिक्री गरेर राम्रो आम्दानी गरेको छ । यस गाउँपालिकामा तिहारलाई लक्षित गरी फूल खेती गरिएको थियो ।
गाउँपालिकाले फूलखेतीका लागि अनुदान उपलब्ध गराएको छ । तिहारका लागि फूल किन्न व्यापारी गाउँमा नै पुगेका थिए । यसअघि माला खरिद गर्ने किसानले गएको वर्षदेखि आफैँले फुलाएको फूल उपयोग गर्नुको साथै विभिन्न ठाउँमा बिक्रीका लागि समेत पठाएका छन् ।
गाउँपालिकाले फूलमा आत्मनिर्भरसहित आयआर्जन गर्न सिकाउने उद्देश्यले सयपत्री रोपण अभियान नै चलाएको अध्यक्ष खीमबहा...