पाकिस्तानको बाल्टिस्तान क्षेत्रका शिक्षकद्वारा पारिश्रमिक वृद्धिको मागसहित प्रदर्शन

पाकिस्तानको गिलगित– बाल्टिस्तान क्षेत्रका शिक्षक, प्राध्यापक, कर्मचारी र सार्वजनिक शिक्षा संस्थाका विद्यार्थीहरूले  प्रशासन विरुद्धमा विरोध प्रर्दशन गरेका छन्। सरकारी शैक्षिक संस्थामा वर्षौंदेखि सेवा दिए पनि न्यूनतम पारिश्रमिक नबढाएको शिक्षक तथा प्राध्यापकको गुनासो छ।चर्को मुद्रास्फीतिमा अत्यावश्यक वस्तु पहिलेभन्दा महँगो हुँदा करारमा काम गर्ने कर्मचारीलाई सामान्य जीवन निर्वाह गर्न मुस्किल परेको छ।न्यूनतम पारिश्रमिक बढाउने आदेश पारित भए पनि गिलगिट—बाल्टिस्तानको अर्थ मन्त्रालयबाट

सम्बन्धित सामग्री

अमेरिकाद्वारा २० लाख डलर सहयोग

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)ले नेपालको अर्थतन्त्रको स्थायित्व, रोजगारी र पारिश्रमिक वृद्धिको प्रवर्द्धन, लगानी परिचालन र लोकतान्त्रिक लाभांश वितरणका लागि २० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ।...

न्यूनतम पारिश्रमिक वृद्धिको अन्योल

कुनै पनि राजनीतिक दल श्रमिकलाई न त दलभित्रको संरचना, न राज्यको नीति निर्माण तहमा राख्न इच्छुक देखिन्छ, बरु गरिखाने भन्दा पनि उपल्लो वर्ग उनीहरूको प्राथमिकतामा पर्दै आएको छ ।

निजी क्षेत्रमा न्यूनतम पारिश्रमिक वृद्धिको सकस

सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने तयारी गरेसँगै निजी क्षेत्रमा विरोधको स्वर सुनिन थालेको छ । मुलुकमा आर्थिक गतिविधि सुस्त भएको र व्यवसाय सञ्चालन गर्न नै कठिन भएको अवस्थामा सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिको निर्णय स्थगन गर्नुपर्ने माग निजी क्षेत्रको छ । प्रत्येक दुई वर्षमा मजदुरको न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने श्रम ऐनको प्रावधानअनुसार सरकारले आगामी […]

निजी क्षेत्रमा न्यूनतम पारिश्रमिक वृद्धिको सकस

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने तयारी गरेसँगै निजी क्षेत्रमा विरोधको स्वर सुनिन थालेको छ । मुलुकमा आर्थिक गतिविधि सुस्त भएको र व्यवसाय सञ्चालन गर्न नै कठिन भएको अवस्थामा सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिको निर्णय स्थगन गनुपर्ने माग निजी क्षेत्रको हाे । प्रत्येक दुई वर्षमा मजदुरको न्यूनतम पारिश्रमिक वृद्धि गनुपर्ने श्रम ऐनको प्रावधानअनुसार […]

पारिश्रमिक वृद्धिको माग गर्दै हड्तालमा उत्रिए हलिउड लेखक

काठमाडौं । हलिउड फिल्मका लेखकहरुले मंगलबारदेखि हडताल सुरु गर्दैछन् । छाता संस्था राइटर्स गिल्ड अफ अमेरिकाको आह्वानमा हुन लागेको यो हड्ताल १५ वर्षयताकै ठूलो हुने बताइएको छ । हड्तालका कारण स्टुडियोको काम कारवाही र फिल्म निर्माण प्रभावित हुनसक्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उचित पारिश्रमिकलाई लिएर स्टुडियोसँग लगातार भइरहेका वार्ता असफल भएपछि उनीहरुले हड्तालमा उत्रने […]

संशोधन हुँदै प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिका, पारिश्रमिक बढ्ने

प्रधानमन्त्री  रोजगार  कार्यक्रम सञ्चालन  निर्देशिका–२०७५  संशोधनको  तयारी  गरिएको  छ। उक्त  निर्देशिकामा  संशोधन  गरी  पारिश्रमिक  वृद्धिको  व्यवस्था गरिएको छ। श्रम    मन्त्रालयका    सहसचिव    एवं    प्रधानमन्त्री रोजगार  कार्यक्रमका  राष्ट्रिय  निर्देशक  डण्डुुराज  घिमिरेले कार्यक्रमअन्तर्गत रोजगारी पाउनेहरूको पारिश्रमिक कम भएको भन्ने धेरै गुुनासो स्थानीय तहबाट आएपछि ब...

बालविकास सहयोगी कार्यकर्ताको तलब १५ हजार पुग्यो

१५ जेठ, काठमाडौं । सरकारले प्रारम्भिक बालविकासका सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीको मासिक पारिश्रमिक १५ हजार रुपैयाँ पुर्‍याएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै बालविकास सहयोगी कार्यकर्ताको तलब वृद्धिको घोषणा गरेका हुन् । बाल विकास सहयोगी कार्यकर्ताले पाउने तलबमा ८ हजार रुपैयाँ सरकारले दिने र बाँकी स्थानीय तहले […]

‘न्यूनतम पारिश्रमिक वृद्धिको निर्णय अमान्य’

काठमाडौं (अस) । नेपाल निर्यात परिषद्ले कोभिड–१९ महामारीका कारण मुलुकमा आर्थिक गतिविधि ठप्प भएका बेला सरकारले सहजीकरणको गर्नुको सट्टा श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेकामा असहमति जनाएको छ । रोजगारदाता संघ–संस्थाका प्रतिनिधिको सहमतिबिनै राजनीतिक रूपमा गरिएको यस्तो निर्णयले निजी क्षेत्रलाई उपेक्षा गरेको महसुस भएको परिषद्को भनाइ छ । कोभिडका कारण उत्पादन ठप्प भएको र  ढुवानीका साधन चल्न नसक्दा निर्यात क्षेत्र नराम्ररी प्रभावित बनेको अवस्थामा नयाँ सम्भावना खोज्नुपर्ने बेला सरकारको नयाँ निर्णयले निर्यात क्षेत्रमा असर पुग्ने परिषद्ले औंल्याएको छ । तुलनात्मक लाभका क्षेत्रभित्र उपलब्ध साधन–स्रोतको अधिकतम उपयोग गर्दै  प्रतिस्पर्धी क्षमता वृद्धि गर्नुपर्ने अवस्थामा न्यूनतम पारिश्रमिक वृद्धिको एकतर्फी निर्णयले निर्यात क्षेत्र धराशयी बन्ने परिषद्को दाबी छ । कतिपय निर्यातजन्य उद्योग बन्द भइसकेका र कतिपय सञ्चालन खर्चसमेत धान्न नसक्ने अवस्थामा न्यूनतम पारिश्रमिकको भार थोपरिँदा उद्योग नै बन्द गर्नुपर्ने र लाखौं रोजगारी विस्थापित हुने जोखिम रहेको परिषद्ले बताएको छ ।

पारिश्रमिक वृद्धि गर्ने घोषणा स्थगित गर्न माग

वैशाख २४, काठमाडौं । नेपाल तयारी पोशाक संघले हालै सरकारले उद्योगमा कार्यरत कामदारहरुको पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेको विषयप्रति गम्भिर ध्यानाकर्षण भएको बताएको छ । संघकामहासचिव अशोक कुमार अग्रवालद्वारा बिहीवार जारी गरिएको प्रेस विज्ञप्तिमा उद्योगीहरुको सहमति बेगर एक पक्षीय रुपमा  कामदारहरुको पारिश्रमिक १० प्रतिशतले वृद्धि गर्ने गरि गरिएको निर्णयले नेपाली तयारी पोशाक उद्यमीहरु हतोत्साही हुन पुगेको उल्लेख छ ।  विज्ञप्तिमा कोरोना महामारीको दोस्रो लहरपछि थप अनिश्चिततातर्फ धकेलिएको अवस्थामा न्युनतम पारिश्रमिक वृद्धिको प्रस्तावबाट उद्योगहरुसँग न्युनतम सञ्चालनको लागि वित्तीय स्रोतसमेत नहुने र यसबाट उद्योग बन्द गर्नुको विकल्प नरहने भएकोले  पारिश्रमिक वृद्धिको प्रस्ताव स्थगन गर्नसमेत भनिएको छ । साथै विज्ञप्तिमा विशेष गरी छिमेकी मुलुकमा उत्पादित तयारी पोशाक महंगो भई न्यून प्रतिस्पर्धात्मक अवस्थामा नेपालको तयारी पोशाक उद्योगलाई विसं २०७६ सालको अन्त्यबाट शुरु भएको कोरोना महामारीका क्रममा उत्पादन भएका  १ अर्ब २५ करोड बराबरको तयारी पोशाक निर्यात रद्द गरिएबाट ठूलो नोक्सानी भएको तथा सोबाट उद्योग सञ्चालन गर्न पूँजीको अभाव झेली उद्योग सञ्चालन गर्नु परेको उल्लेख छ ।

पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धिको तयारी

पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न तयारी थालिएको छ। न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा ‘श्रमजीवी पत्रकार सम्बन्धी ऐन कार्यान्वयनको अवस्था विषयक’ आज विदुरमा आयोजित अन्तक्र्रियामा समितिका अध्यक्ष गंगाधर पराजुलीले हाल कायम रहेको न्यूनतम् पारिश्रमिक कम भएको र सुझाव संकलनको क्रममा पत्रकारबाट बढाउन माग उठेकाले परिमार्जनसहित वृद्धि गर्न लागिएको जानकारी दिए।