वीरगञ्जस्थित नारायणी अस्पतालमा अख्तियारद्वारा छापा

साउन ३२, पर्सा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाबाट खटिएको टोलीले वीरगञ्जस्थित नारायणी अस्पतालमा सोमवार छापा मारेको छ अस्पतालद्वारा सञ्चालित फार्मेसीमा करोडौँको आर्थिक अनियमितता भएको उजुरी परेपछि छापा मारेको आयोगको हेटौँडास्थित कार्यालयले जानकारी दिएको छ । अस्पतालद्वारा सञ्चालित फार्मेसीमा रू. ७० देखि ८० लाख मूल्य बराबरको म्याद गुज्रिएका विभिन्न औषधि खरीद गरी आर्थिक अनियमिता गरेको उजुरी आयोगमा परेपछि त्यसको छानबिनका लागि छापा मारेको कार्यालयका सूचना अधिकारी विष्णु सापकोटाले जानकारी दिए ।  उनले प्राप्त सूचनाका आधारमा अस्पताल फार्मेसीको गोदाममा जाँच गर्दा भारी परिमाणमा म्याद गुजरीएको विभिन्न औषधि बरामद भएको र यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । सो फार्मेसीका लागि भएका औषधि खरीद तथा स्वास्थ्य बीमाका बिरामीलाई वितरण गर्ने औषधिमा अनियमिता भएको बारे आफूहरु अनुसन्धान गरिरहेको सूचना अधिकारी सापकोटाको भनाइ छ । उनले फार्मेसीसँग सम्बन्धित अस्पतालको लेखा शाखा तथा स्टोरमा रहेका कागजातलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि हेटौँडा लैजाने तयारी गरेको पनि बताए ।  यसअघि सन् २०१९ मा आयोगले सो फार्मेसीमा छापा मार्दा ठूलो परिमाणमा म्याद समाप्त भएका औषधि बरामद भएको थियो । नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेट डा वीरेन्द्रबहादुर प्रधानले फर्मेसीको गोदाममा म्याद समाप्त भएको औषधिबारे फार्मेसी इञ्चार्ज हरेन्द्र यादवले आफूलाई कुनै जानकारी नदिएको बताए ।  फर्मेसीसँग औषधि खरीद गर्न रकम नभएको गुनासो आएपछि एक महीना अगाडि मात्र अस्पतालले रू. १० लाख उपलब्ध गराएको उनको भनाइ छ । नेपाल सरकारले प्रदान गरेको रू. २० लाख बीउ पूँजीबाट नारायणी अस्पतालमा विसं २०७४ मा फार्मेसी स्थापना भएको थियो । सो फार्मेसीबाट बिरामीलाई आवश्यक पर्ने औषधि नपाएको निरन्तर गुनासो उठ्दै आएको छ । रासस  

सम्बन्धित सामग्री

अख्तियारले गर्‍यो नारायणी अस्पताल फार्मेसीको स्टोरबाट औषधिको विवरण संकलन

३ भदौ, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्जको नारायणी अस्पतालमा सञ्चालित फार्मेसीको स्टोरबाट औषधिको विवरण स‌ंकलन गरेको छ । सोमबार फार्मेसीमा छापा मारेपछि फर्केको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पुनः वीरगञ्ज आएर स्टोरमा राखिएको औषधिको विवरण संकलन गरेको हो । फार्मेसी इन्चार्ज हरेन्द्र यादवले दिएको रेकर्ड अनुसार स्टोरमा औषधि छ कि छैन ? भनी […]

नारायणी अस्पतालको फार्मेसीमा अख्तियारको छापा

३१ साउन, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा सञ्चालित फार्मेसीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । २०७४ सालदेखि अस्पतालले सञ्चालन गरेको फार्मेसीमा अनियमितता भएको समाचार सार्वजनिक भएपछि अख्तियारको हेटौंडास्थित कार्यालयको टोलीले सोमबार छापा मारेको हो । सोमबार अख्तियारको हेटौंडा कार्यालयका उपसचिव विष्णु सापकोटासहित ५ सदस्यीय टोली सोमबार नारायणी अस्पताल आएको थियो । साढे ११ […]

नारायणी अस्पतालमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल वीरगंजमा छापा मारेको छ । अस्पतालको औषधि पसलमा एक करोड रुपैयाँभन्दा बढीको अनियमितता भएको कुरा सार्वजनिक भएपछि  आयोग हेटौंडाको टोलीले अस्पतालमा छापा मारेको हो ।टोलीले अस्पतालबाट औषधी खरिद लगायतका विभिन्न कागजातहरु नियन्त्रणमा लिएको हेटौंडास्थित आयोगको कार्यालयका प्रवक्ता विष्णु सापकोटाले जानकारी दिए । उनले अस्पतालको अनियमितताबारे थप अनुसन्धान भइरहेको बताए ।केहि दिनअघि आयोगको टोलीले बीरगंज महानगरपालिकामा पनि छापा मारेको थियो ।

वीरगञ्जको नारायणी अस्पतालमा अख्तियारको छापा

वीरगञ्ज । नारायणी अस्पताल वीरगञ्जमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । अस्पतालको औषधि पसलमा एक करोडभन्दा बढी हिनामिना भएको खबरका आधारमा अख्तियार, हेटौँडाको टोलीले सोमबार छापा मारेको हो ।

नारायणी अस्पतालमा अख्तियारको छापा

नारायणी अस्पताल वीरगञ्जमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ।

नारायणी अस्पतालमा अख्तियारको छापा

वीरगञ्ज। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल, वीरगञ्जमा छापा मारेको छ। अस्पतालको औषधि पसलमा हिनामिना भएको खबरका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयको टोलीले छापा मारेको हो। औषधि पसलमा एक करोडभन्दा बढी हिनामिना भएको खबर छ।

वीरगञ्जको नारायणी अस्पतालमा अख्तियारको छापा

३२ साउन, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल, वीरगञ्जमा छापा मारेको छ । अस्पतालको औषधि पसलमा एक करोडभन्दा बढी हिनामिना भएको खबरका आधारमा अख्तियार, हेटौंडाको टोलीले सोमबार छापा मारेको हो । अस्पतालले चार वर्षअघि २० लाख रुपैयाँ बीऊ पुँजी राखेर फार्मेसी शुरु गरेको थियो । अहिले आपूर्तिकर्ताको १ करोड ५१ लाख रुपैयाँ तिर्न […]