आइपिएलको १४ औं संस्करण आजदेखि, टस जितेर बलिङ गर्दै बैंगलोर

आइपिएलको १४ औं संस्करण आजदेखि भारतमा सुरु हुँदै छ। कोरोना महामारीपछि भारतमा पहिलो पटक आइपिएल हुन लागेको हो। उद्घाटन खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंग्लौरको सामना गर्दैछ ।

गत सिजन कोरोना महामारीको कारण आइपिएलको १३ औं संस्करण संयुक्त अरव इमिरेट्स (यूएई) मा सम्पन्न भएको थियो । १३ औं संस्करण सम्पन्न भएको ६ महिनापछि आइपिएल चेन्नई, दिल्ली, अहमदाबाद, बेंगलोर, कोलकाता र मुम्बई गरि ६ सहरमा हुँदै छ । आइपिएलका प्ले अफ र फाइनल विश्वकै सर्वाधिक ठूलो क्रिकेट रंगशाला नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुने छ ।


कोरोना कारण आइपिएलका सम्पूूर्ण खेल वन्द रंगशालामा हुने छन् । यो सिजनमा कुनैपनि टोलीले आफ्नो घरेलु मैदानमा खेल खेल्न पाउने छैनन् । लिग चरणमा कुल ५६ खेल हुने छन् । दिनमा दुई खेल भएको खण्डमा दिउँसो ३ : ४५ र साँझ ७ : ४५ देखि आइपिएल सुरु हुने छ । 


एमए चिदंबरम स्टेडियममा बैंगलोरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । मुम्बईले बैंगलोरविरुद्ध केही समयमा ब्याटिङ थाल्नेछ ।  


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।