जाजरकाेट - जाजरकोट खण्डभित्र पर्ने मन्ता भिर काट्न ढिला हुँदा मध्यपहाडी लोकमार्गअन्तर्गतको जाजरकोट खण्ड अधुरै छ । प्रायजसाे ट्रयाक खोलिसकेको अवस्थामा मन्ता भिर काट्ने काम जारी छ । जाजरकोटको छेडागाड नगरपालिकाभित्र पर्ने मन्ता भिर काट्न थालेको १२ वर्ष बितेको छ । अझै पूरा हुनसकेको छैन ।
भिर काट्ने जिम्मा लिएका निर्माण व्यवसायी र आयोजनाले एकअर्कालाई आरोप लगाउँदै आएका छन् । सबै ठाउँमा कालोपत्रको कामसँगसँगै भइरहेको छ । तर कालोपत्र गरिएका प्रायजसाे ठाउँमा उप्किएको छ। मापदण्डअनुसार निर्माण सामग्री प्रयोग नगर्दा सडक बनाउ...