भारत–पाकिस्तान भिडन्त : बन्न सक्छन् यी पाँच कीर्तिमान

भारत र पाकिस्तानबीच टी–२० विश्वकप क्रिकेटको समूह चरणको खेलमा आज प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार ७ बजेर ४५ मिनेटमा सुरु हुने यो खेललाई लिएर दुबै देशका जनता निकै आतुर देखिएका छन् । दुई देशबीचको खेलमा बन्नसक्ने केही सम्भावित रेकर्ड यस्ता छन् । कीर्तिमानमा बुमराहको नजर भारतीय फास्ट बलर जसप्रित बुमराहसामु पनि कीर्तिमान बनाउने अवसर छ । उनले ५० टी–२० खेलमा ५९ विकेट लिएका छन् । भारतका तर्फबाट टी २० मा सर्वाधिक विकेट लिनेको सूचीमा बुमराह दोस्रो नम्बरमा छन् । युजवेन्द्र चहलले

सम्बन्धित सामग्री

स्कटल्यान्डविरुद्ध भिड्दै नेपाल, कीर्तिमान बनाउने अवसर

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीचको भिडन्त हुँदैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने आईसीसी लिग टू अन्तर्गतको नेपाल त्रिकोणात्मक सिरिजको यो अन्तिम खेल हो। यो खेल जितेमा नेपालका ...

कीर्तिमान पछ्याउने चाहना

शनिबार लेस्टरको किङ्स पाबर स्टेडियममा सिटीविरुद्ध हुने कम्युनिटी सिल्डअन्तर्गतको भिडन्त क्लोपको टोलीका लागि गत सिजनको पीडा भुलाउने अवसर समेत बन्न सक्छ।...

विम्बल्डन टेनिसमा राफायल नाडालको विजयी सुरुवात

काठमाडौं । स्पेनिस टेनिस खेलाडी राफायल नाडालले विम्बल्डन टेनिसमा विजयी सुरुवात गरेका छन् । मंगलबार राति भएको खेलमा नाडालले अर्जेन्टिनाका फ्रान्सिस्को सेरुन्डोलोलाई ६–४, ६–३, ३–६ र ६–४ को सेटमा हराएर सुखद सुरुआत गरेका हुन् । सर्वाधिक २२ पटक ग्राण्डस्लाम जित्ने कीर्तिमान बनाएका नाडाल अब २३ औं उपाधिको खोजीमा छन् । दोस्रो चरणमा नाडालको भिडन्त लिथुआनियाका […]

विम्बल्डनमा जोकोभिचलाई शीर्ष वरीयता‚ नाडाल दोस्रोमा

टेनिसको प्रतिष्ठित ग्रान्डस्लाम प्रतियोगिता विम्बल्डनको वरीयता सार्वजनिक गरिएको छ। जसमा सर्वियन स्टार नोभाक जोकोभिचलाई शीर्ष वरीयता प्रदान गरिएको छ। त्यस्तै दोस्रो नम्बरमा स्पेनिस राफेल नाडाल रहेका छन्। यसको अर्थ विम्बल्डनमा अब यी दुई स्टारको भिडन्त फाइनल अघि हुनेछैन। जोकोभिचले ६ पटक विम्बल्डनको उपाधि जित्दा नाडालले २ पटक जितेका छन्।महिलातर्फ भने ७ पटककी विजेता सेरेना विलियम्स वरीयताविहीन खेलाडीको रूपमा कोर्टमा उत्रिने छिन्। ४० वर्षीया सेरेनाले कुल २३ ग्रान्डस्लाम जितेकी छिन्। महिलातर्फ सर्वाधिक

शानदार जितसँगै नेपाल सेमिफाइनल नजिक

सहज जित पाउने अपेक्षा गरिए जसरी नै नेपालले समूहको कमजोर प्रतिद्वन्द्वी फिलिपिन्सलाई १३६ रनले पराजित गरेको छ। प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलको शतक, दीपेन्द्र सिंह ऐरीको अर्ध शतक तथा कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङको मद्दतले नेपालले फिलिपिन्सलाई हराएको हो।शुरूमा ब्याटिङ गरेर नेपालले २१८ रन जोडेको थियो। ८ विकेट गुमाएको फिलिपिन्स ८२ रनमा सीमित भएको थियो। लगातार दुई विजयसँगै नेपाल आफ्नो समूहको शीर्ष स्थानमा पुगेको छ।अर्को खेलमा ओमानले क्यानडालाई हराएकाले समूह चरणका अन्तिम खेलबाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ। ओमानले क्यानडाविरुद्ध ९ विकेटको फराकिलो विजय पाएको छ।त्यसकारण सेमिफाइनलमा पुग्ने टोलीको भिडन्त रोचक बन्ने देखिन्छ। नेपालले अब लीगको अन्तिम खेलमा क्यानडासँग खेल्नेछ।सो खेलमा नेपालले जित वा उच्च रन रेट बनाउन आवश्यक हुनेछ।खुलेको ब्याटिङअनुमान गरिए झैँ नेपाली खेलाडीले कमजोर फिलिपिन्सविरुद्ध खुलेर ब्याटिङ गरे। मस्कटको ओमान क्रिकेट एकेडेमीमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पूरा ओभर खेलेर ३ विकेटको क्षतिमा २१८ रन बनायो।आक्रामक प्रारम्भिक ब्याटर कुशल भुर्तेलले शानदार शतक प्रहार गरे।फिलिपिन्सविरुद्ध खेलमा जितेको नेपालउनीहरूले ६१ बलमा १३ चौका र १ छक्कासहित १ सय ४ रनको अविजित शतकीय इनिङ खेले। ५७ बलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका उनी अन्तर्राष्ट्रिय टी २० शतक बनाउने नेपालका तेस्रा खेलाडी बने।उनका प्रारम्भिक जोडी आशिफ शेख भने गोल्डन डक आउट भए। पहिलो बलमा नै क्रस शट खेल्ने क्रममा उनी आउट भएका थिए। कुशलपछि दीपेन्द्रसिंह ऐरी ८३ रनमा आउट भए। उनले ४७ बलमा ६ चौका र ४ छक्का प्रहार गरेका थिए।कुशल र दीपेन्द्रले तेस्रो विकेटका लागि १ सय ७१ रनको शतकीय साझेदारी गरे। यो नेपाली टी २० आईमा कुनै पनि विकेटका लागि भएको ठूलो साझेदारी बन्यो।आशिफपछि आएका कुशल मल्लले १२ रन बनाए। पाँचौँ ओभरमा उनी मिग्गी पोडोस्कीको शिकार भए। लोकेश बमले अविजित ६ रन बनाए।२१८ रन नेपालले टी २० क्रिकेटमा बनाएको तेस्रो उच्च स्कोर हो।यसअघि नेपाली टोलीले काठमाण्डूमा नेदरल्याण्ड्सविरुद्ध सर्वाधिक २३८ रन जोडेको थियो।त्यस्तै १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपालले भुटान विरुद्ध कीर्तिपुरमै २३६ रन बनाएको थियो।कसिलो बलिङफिलिपिन्सलाई सस्तैमा समेट्न नेपाली बलरहरूले कसिलो बलिङ गरे। उनीहरू लगातार जस्तो विकेट लिन सफल भएका थिए।चार ओभर बलिङ गरेका कप्तान सन्दीप लामिछानेले जम्मा ९ रन खर्चिएर तीन विकेट लिए।जितेन्द्र मुखिया, गुलशन झा, अविनाश बोहरा, कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए।गुलशनको 'डेब्यू', शरद बाहिरभेट्रान ब्याट्सम्यान शरद भेषावकरले टी २० विश्वकप छनोट गुमाएका छन्। उनको घुँडामा चोट लागेको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ।चार देशीय शृङ्खला खेल्ने क्रममा उनलाई चोट लागेको थियो। ओमान विरुद्धको पहिलो खेलमा पनि उनी 'प्लेइङ ११' मा थिएनन्।उनको स्थानमा कुशल मल्ल टीममा प्रवेश गरेका छन्। चार देशीय शृङ्खलामा ९ रन मात्र बनाएका उनी टोलीबाट बाहिरिएका थिए। फिलिपिन्सविरुद्ध तेज बलर गुलशन झाले टी२० क्रिकेटमा राष्ट्रिय टोलीमा पहिलो खेल खेलेका थिए। करण केसी घाइते भएर ओमानबाट फर्केपछि उनको स्थानमा झा टीममा समावेश भएका हुन्।झाले यसअघि ओमानमै भएको विश्वकप लीग २ मा एक दिवसीय क्रिकेटमा पहिलो पटक अवसर पाएका थिए। अमेरिका विरुद्धको सो खेल खेलेसँगै उनी एक दिवसीय क्रिकेटमा पहिलो पटक खेल्ने एसोसियटका तर्फका कान्छा खेलाडी बनेका थिए।त्यति बेला उनी १५ वर्ष २ सय १२ दिनका थिए।कुशलको कीर्तिमानओमानमा भइरहेको क्रिकेट विश्वकप छनोट खेलमा फिलिपिन्स विरुद्ध भएको खेलमा शतक बनाएपछि खुशी साट्दै नेपाली खेलाडी कुशल भुर्तेलछोटो समयमा आक्रामक ओपनरको छवि बनाएका कुशल भुर्तेल टी २० क्रिकेटमा शतक प्रहार गर्ने नेपालका तेस्रो खेलाडी बनेका छन्।ओमानमा शनिवार भएको आइसीसी टी २० विश्वकप ग्लोबल छनोटमा उनले फिलिपिन्स विरुद्ध उक्त उपलब्धि हात पारेका हुन्।नेपालबाट पारस खड्का टी २० मा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन्। सन् २०१९ मा उनले सिंगापुरविरुद्ध उनीहरूकै मैदानमा उक्त कीर्तिमान रचेका थिए।खड्काले ५२ बलमा अविजित १०६ रन बनाएका थिए।त्यस्तै ज्ञानेन्द्र मल्लले नेपालमा सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुद सागका दौरान शतक प्रहार गरेका थिए।भुटान विरुद्धको खेलमा उनले ५५ बलमा १०७ रन बनाएका थिए। कुशल भुर्तेलले भने ५७ बलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक पूरा गरे।उनले कुल ६१ बल खेल्ने क्रममा १३ चौका र एक छक्का हानेर १०४ रनमा अविजित रहे। ३२ बलमा उनले अर्ध शतक पूरा गरेका थिए।ओपनरका रूपमा आएका भुर्तेलले पूरा २० ओभर खेले। ओपनर साथी आशिफ शेख 'गोल्डन डक आउट' भएपछि भुर्तेलले कुशल मल्लसँग दोस्रो विकेटका लागि २७ रनको साझेदारी गरे।तेस्रो विकेटका लागि भने उनले दीपेन्द्र सिंह ऐरीसँग १ सय ७१ रनको शतकीय साझेदारी गरे, जुन टी २० आईमा नेपालको कुनै पनि विकेटको ठूलो साझेदारी पनि हो।काठमाण्डूमा गत अप्रिलमा सम्पन्न थ्री नेसन्स कपमा लगातार तीन अर्ध शतक प्रहार गरेपछि भुर्तेल नेपाली क्रिकेटमा उदाएका थिए। त्यो उपलब्धि सँगै राष्ट्रिय टोलीमा लामो समयदेखि समस्याको रूपमा रहेको ओपनिङ जोडीमा भुर्तेल र आशिफ शेख स्थापित भएका थिए। -बिबिसीबाट

चीन र ताइवान आमनेसामने : भिडन्त कि शान्तिपूर्ण एकीकरण ?

ताइवानका रक्षामन्त्री पूर्व सैन्य जनरल च्यु क्वो–चङले गत साता देशको संसद् भवनमा उभिएर खतरनाक भविष्यवाणी गरे । त्यो थियो– सन् २०२५ सम्ममा चीनले ताइवानमाथि पूर्ण आक्रमण गर्नेछ ।  चीनले ताइवानको दक्षिणपश्चिम भागमा रहेको हवाई क्षेत्रमा कीर्तिमान संख्यामा युद्धविमान पठाएपछि उनको यो नाटकीय भनाइ सार्वजनिक भएको हो । तर दुवै पक्षबीचको शाब्दिक युद्ध र सैन्य हतियार प्रदर्शनका बावजूद चीनले तत्कालै ताइवानमाथि आक्रमण गर्न सक्ने सम्भावना नरहेको विश्लेषकहरू बताउँछन् ।  सन् १९४९ मा चीनको गृहयुद्धमा हारेपछि राष्ट्रवा...

विराज महर्जनको रेकर्डसँग किरण चेम्जोङको बराबरी

भारतविरुद्धको आजको खेलसँगै गोलकिपर चेम्जोङले नेपालको तर्फबाट सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका विराज महर्जनसित बराबरी गरेका छन् । महर्जनले नेपाली टोलीबाट सन्यास लिइसकेका छन् । महर्जन र चेम्जोङ नेपाली टोलीबाट समान ७३ खेल खेलेका छन् । आज नेपाल र भारतबीच मैत्रीपूर्ण खेल भएकाेमा १-१को बराबरीमा टुंगिएको छ । नेपाल र भारबीच आजसहित फुटबलमा २० पटक भिडन्त भएको छ । भारत १३ पटक विजयी भएको छ भने नेपालले दुई चोटी मात्र जित निकाल्न सकेको छ । पाँच खेलमा दुवै टोलीले बराबरी खेलेका छन् । विश्व फुटबल महासङ्घको (फ...

युरोकप क्वार्टरफाइनलकै धमाकेदार खेल आज, बेल्जियम कि इटलीको जीत ?

शुक्रवार राति युरोकपको क्वार्टरफाइनलमा बेल्जियम र इटलीबीच भिडन्त हुँदैछ । जर्मनीको म्युनिखमा रहेको अलायन्ज एरिनामा हुने यस खेलमा विश्वको पहिलो नम्बरको टीम बेल्जियम यो वर्ष एउटा पनि खेल नहारिकन उच्च उत्साहमा छ । उता इटलीले लगातार ३१ खेलमा अपराजित रही कीर्तिमान बनाएको छ । राउन्ड अफ १६ मा थोर्गान हजार्डको गोलका साथ ब...

जोकोभिचले जिते १९औं ग्रान्डसलाम

काठमाडौं : नोभाक जोकोभिचले करिअरको १९ औ ग्रान्डसलाम जितेका छन्।सर्वियन विश्व नम्बर एक जोकोभिचले ग्रिसका २२ वर्षीय स्टेफानोस सितसिपासलाई कठिन संघर्षमा पछि पार्न सफल रहे। उनले ६-७ (६-८),२-६, ६-३, ६-२, ६-४ ले पराजित गरे। यी दुईबीच उपाधि भिडन्त ४ घन्टा बढी चलेको थियो।जितसँगै ३४ वर्षीय जोकोभिचले टेनिस इतिहासमा सबै चार ग्रान्डसलाम २-२  पटक जित्ने तेस्रो खेलाडीको कीर्तिमान बनाए। यसअघि यो उपलब्धि रोय इमरसन र राड लेवरले हासिल गरेका थिए।जोकोभिचको यसअघि २०१६ मा पहिलो पटक फ्रेन्च ओपन जितेका थिए। स