आज साउन महिनाको पहिलो सोमबार । हिन्दु महिलाहरू भगवान् शिवको आराधना गर्दै सोमबारे व्रत बसेका छन् । धार्मिक रूपमा साउनको सोमबारलाई विशेष मानिए पनि पछिल्लो समय व्रत र उपवासलाई शारीरिक एवं मानसिक स्वास्थ्यको दृष्टिकोणले समेत निकै महत्त्वका साथ हेर्न थालिएको छ । धेरै अध्ययनहरूले मधुमेह, उच्च रक्तचाप, र थाइराइड जस्ता समस्या भएका बिरामीका लागि हप्तामा […]
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबलविहीन, न्यून गुणस्तरका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका सामानको बिक्री–वितरणमा संलग्न व्यवसायीलाई कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ। विभागले चालु आर्थिक वर्ष २०८३/८४ को सूचना नं. ०३/०८३–८४ जारी गर्दै बजारमा भइरहेको गैरकानूनी व्यापारिक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। विभागका अनुसार पछिल्लो समय […]
काठमाडौँ । सरकारले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षणका कारण कर्मचारी दरबन्दी घट्ने अवस्थामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना स्थायी पदपूर्ति नगर्न सरकारी निकायलाई निर्देशन दिएको छ। मुख्यसचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा सोमबार(आज) बसेको सचिवस्तरीय बैठकले चालु आर्थिक वर्षमा नेपाल सरकारका कुनै पनि कार्यालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना स्थायी पदपूर्ति नगर्ने र पदपूर्तिका लागि लोक […]