बागलुङ झडप : जिल्ला प्रहरीको अनुसन्धान टोली घटनास्थलतर्फ

होली खेल्ने क्रममा झडप हुँदा दुई युवकको मृत्यु भएको प्रकरणमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयको टोली सोमबार बिहान घटनास्थलतर्फ लागेको छ । बडिगाड गाउँपालिका–१० दर्लिङ र निसीखोला गाउँपालिका–७ को राजकुतका युवाबीच झडप भएको थियो ।

आइतबार होली मेलामा झडप हुँदा निसीखोला गाउँपालिका–७ का ३६ वर्षका प्रकाश कुँवर र ३४ वर्षका दीपक परियारको मृत्यु भएको छ । झडपका क्रममा बागलुङ, गुल्मी र प्युठानको सिमाना बलधुरेमा भिरबाट खसेर दुई युवकले ज्यान गुमाएका हुन् । उक्त घटनामा केही घाइतेसमेत भएको अनुमान छ ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।