कुनै स्थानमा दलको झण्डा राखेको भए निकाल्न आयोगको निर्देशन

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पूर्ण रुपमा आचार संहिता पालना गर्न आग्रह गरेको छ । शनिवार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै आएका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले जारी गरेको ६० बुँदे आचार संहिता पालना गर्न ध्यानाकर्षण गराए । उनले कुनै सार्वजनिक स्थानमा दलको झण्डा राखेको भए त्यसलाई हटाउन आग्रह गरे । उम्मेदवार मनोनयन दर्ताका लागि जाँदा पनि ३ बाई ३ साइजको एउटा मात्र झण्डा प्रयोग गर्न उनको आग्रह छ । साथै कुनै दलको झण्डा, चिन्ह भएको भेष्ट, टोपी, गम्छा

सम्बन्धित सामग्री

निर्वाचन आचारसंहित विपरीत झुण्ड्याइएको दलका झण्डा हटाइयो

निर्वाचन आचारसंहिता विपरीत धनुषाको ढल्केबरस्थित सार्वजनिक स्थानमा झुण्ड्याइएको राजनीतिक दलको झण्डा हटाइएको छ ।

एउटाभन्दा बढी झण्डा प्रयोग गरे उम्मेदवारलाई कारबाही गर्ने आयोगको चेतावनी

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित कुनै स्थानमा कुनै राजनीतिक दलको झण्डा राखिएमा हटाउन आग्रह गरेको छ । सोमबार भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राजनीतिक दलका विभिन्न कार्यक्रममा ३ बाई ३ फिटको दलको एउटा झण्डा र एउटा चुनाव चिन्ह प्रयोग गर्न आग्रह गरे ।यदी पार्टी र चुनाव चिन्हको झण्डा एउटा भन्दा बढी प्रयोग गरेको पाइएमा उम्मेदवारले आचारसंहिता उल्लंघन गरेको रहेछ भनी उम्मेदवारलाई कारबाही गर्ने आयोग प्रवक्ता शर्माले बताए ।  यस्तै निर्वाचन सम्बन्धी