निर्वाचन आयोगले आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा सहभागी हुने राजनीतिक दल र उम्मेदवारहरूको प्रचार प्रसारमा कडाइ गरेको छ ।आयोगले मंगलबार राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिदै प्रचार शैलीमा कडाइ गरेको हो । जसमा अनुमतिबिना निजी घरजग्गा र सार्वजनिक भवन, उद्यान, सडकका पोल वा कुनै पनिसार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नपाउनेदेखि २४ घण्टामा दुई पटक भन्दा रेडियो टेलिभिजनबाट उम्मेदवारको प्रचार प्रसार गर्न नपाउने उल्लेख छ ।त्यस्तै आयोगको निर्देशनमा