काठमाडौं : नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले संसदको चालू अधिवेशनमै नागरिकतासम्बन्धी विधेयक ल्याउन सरकारसँग आग्रह गरेका छन्। राष्ट्रियसभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै उनले संसदको चालू अधिवेशनमा नै नागरिकतासम्बन्धी विधेयक ल्याउन आग्रह गरेका हुन्। उनले नागरिकताको विषय संवेदनशील भएकाले यस विषयमा सहमतिमा अगाडि बढ्नुपर्ने बताए।उनले संविधानमा नागरिकतासम्बन्धी जे व्यवस्था छ, सो व्यवस्थामा बाझिने गरी कानूनको मस्यौदा तयार नगर्न पनि राज्य व्यवस्था तथा सुशासन समितिल