भक्तपुर – दशैँका लागि मुस्ताङ हुँदै ल्याइएको च्याङ्ग्राको मूल्य यस वर्ष अत्यधिक बढेको छ । सल्लाघारीमा रहेकाे नेपाल ट्रस्टकाे नाममा रहेको एक सय आठ रोपनी चौरमा दुई हजार पाँच सय च्याङ्ग्रा र झन्डै दुई हजार खसी बोका बिक्रीका लागि ल्याइएको छ । गएकाे सोमवारदेखि खरिदका लागि ग्राहक आए पनि आज बुधवार बिहानैदेखि च्याङ्ग्रा, खसी, बोका खरिद गर्नका लागि ग्राहकको भीड लागेको छ ।
जिल्लाका मात्रै नभइ काठमाण्डाै र काभ्रेदेखिका बासिन्दा च्याङ्ग्रा लिन भक्तपुर आएपछि व्यापारीले प्रति किलो जिउँदो च्याङ्ग्रा एक हज...