भरतपुर– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रत्ननगरस्थित बकुलहर रत्ननगर अस्पतालको निरीक्षण गरेकी छन् । मंगलबार सांसद हरि ढकालसहित निरीक्षणमा अस्पताल पुगेकी मन्त्री मेहताले अस्पतालमा प्राविधिक र जनशक्ति व्यवस्थापनमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाइन्। उनले स्वास्थ्य सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्दै जनगुनासो नआउने गरी काम गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिइन्। नागरिकले सहज रूपमा उपचार […]
काठमाडौं– सरकारले सार्वजनिक सवारीसाधनको दर्ता आंशिक रुपमा खुला गरेको छ । यातायात व्यवस्था विभागले जेठ ८ गतेसम्म एलसी खोलिएका तथा आयात प्रक्रिया अघि बढिसकेका सार्वजनिक सवारीसाधन दर्ता गर्न सकिने व्यवस्था गरेको हो । सरकारले जेठ ७ गते सार्वजनिक सवारीसाधनको नयाँ दर्ता तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो । ‘२०८३ जेठ ७ गतेको निर्णयअनुसार सार्वजनिक […]
एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद शेयर निष्काशनका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। बैंकका अनुसार नेपाल राष्ट्र बैंकबाट प्राप्त स्वीकृतिअनुसार हाल कायम १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ चुक्ता पूँजीको आधारमा प्रति शेयर १०० रुपैयाँ अंकित दरका १४ करोड ९१ लाख ७५ हजार […]
९ असार, संखुवासभा । उत्तर-दक्षिण कोशी राजमार्ग अन्तर्गत संखुवासभाको खाँदबारी–किमाथाङ्का सडक खण्डको विभिन्न ठाउँमा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।
अविरल बर्षासँगै आएको पहिरोले उत्तर-दक्षिण कोशी सडक खण्डको भोटखोला गाउँपालिका क्षेत्रका ठाउँ-ठाउँमा पहिरो खसेर खाँदबारी—किमाथाङ्का …