खेल सकिएपछि रोनाल्डोले क्यामराअघि चिच्याएर भने “म फर्किएँ !”

काठमाडौँ – आलोचना र दबाबका बीच क्रिस्टियानो रोनाल्डोले सानदार पुनरागमन गर्दै जारी विश्वकप फुटबलमा आफ्नो गोलको खाता खोलेका छन् । मंगलबार राति भएको खेलमा उज्वेकिस्तानविरुद्ध दुई गोल गर्दै रोनाल्डोले पोर्चुगललाई ५–० को फराकिलो जित दिलाए । यस जितसँगै पोर्चुगलले पहिलो खेलमा प्रजातान्त्रिक गणतन्त्र कङ्गो (सँग बेहोरेको १–१ को स्तब्धपूर्ण बराबरीको आलोचनालाई समेत मत्थर पारेको छ […]