कस्तो रह्यो राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमण ?

राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेशको दुई दिवसीय राजकीय भ्रमण पूरा गरी स्वदेश फर्कीसकेकी छन्। यस भ्रमणबाट द्विपक्षीय हितका लागि के-कस्ता सहमतिहरू भए त ? आउनुहोस् जानौं:

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा त्यहाँका राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको जन्म शतवार्षिकी मनाउने कार्यक्रममा सहभागी हुने सिलसिलामा राष्ट्रपति भण्डारी यही ९ र १० चैतसम्म बंगलादेशको राजकीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएकी हुन् ।


भ्रमणको पहिलो दिन राष्ट्रपति भण्डारीले बंगलादेशको सावरस्थित राष्ट्रिय शहीद स्मारकको भ्रमण गरेर बंगलादेशका शहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेकी थिइन् । 


राष्ट्रपति भण्डारीले बंगलादेशका राष्ट्रपतिसँग ढाकामा दोस्रो दिन द्विपक्षीय वार्ता गरेकी थिइन् । सो वार्ताको क्रममा उनीहरूबीच नेपाल तथा बंगलादेशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ एवं फलदायी बनाउने सन्दर्भमा द्विपक्षीय हितका सबै पक्षहरूमा छलफल एवं विचारको आदानप्रदान भएको थियो ।


राष्ट्रपति सोमबार साँझ उनको सम्मानमा बंगलादेशका राष्ट्रपतिबाट आयोजित राजकीय भोजमा सरिक भएकी थिइन् । यसैगरी आज बिहान राष्ट्रपति भण्डारीले बंगबन्धु मेमोरियल म्युजियमको भ्रमण गरी र बंगलादेशका राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानप्रति श्रद्धान्जलि व्यक्त गरेकी थिइन् ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।