मलेसियामा आएको बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । केही दिनदेखिको अत्यधिक बर्षाका कारण बाढी आएर धनजनको क्षति गरेको अधिकारीहरूले जानकारी दिएका छन् ।
बाढीका कारण अन्य ७० हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् । बाढीबाट मलेसियाको पूर्वी तटीय प्रान्त पाहाङ सबैभन्दा बढी प्रभावित भएको छ । त्यस बाहेक करिब सात ओटा प्रान्त बाढीबाट प्रभावित भएका बताइएको छ ।
उद्धारकर्ता, सहयोगदाता तथा सरकारी अधिकारीहरुले विस्थापितहरुलाई सहयोग प्रदान गरेका छन् । मलेसियाको सैन्य टोली तथा उद्धारकर्ताहरुले बाढी पिडित, डु...