बेलायतमा बस्ने एक महिला दुई महिनामा १०० वर्ष पुग्दै छिन्। तर अहिले पनि उनी नाच्छिन् र अरूलाई नाच्न सिकाउँछिन्। उनी नाचेर नै आफूले विश्व घुमेको बताउँछिन्।
शारीरिक अभ्यासका कक्षा चलाएर डिङ्की फ्लावर्स नामकी यी वृद्धा यूकेको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसका लागि कोष सङ्कलन गर्न सघाउँछिन्।