सवारीसाधन जाँचको व्यवस्था मिलाउन आग्रह

देशभरका सार्वजनिक यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विश्रामस्थलमा मात्र सार्वजनिक सवारीसाधन जाँचको व्यवस्था मिलाउन आग्रह गरेको छ । महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर नेतृत्वको टोलीले आज प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई भेटेर जथाभावी सवारीसाधन जाँच गर्दा चालक, सहचालक र यात्रुलाई समस्या भएको भन्दै विश्रामस्थलमा सवारी जाँचको व्यवस्था मिलाउन आग्रह गरेको हो । “राष्ट्रिय …

सम्बन्धित सामग्री

ट्रायलमा आफ्नै सवारीसाधन प्रयोग गर्ने व्यवस्था मिलाउन सतर्कता केन्द्रको निर्देशन

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल)मा परीक्षार्थीले आफ्नो सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन निर्देशना दिएको छ । सतर्कता केन्द्रले सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्र लेख्दै ट्रायल दिँदा परीक्षार्थीलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो । हाल […]

अस्पतालमा नि:शुल्क पार्किङको व्यवस्था गर्न माग

उपभोक्ता अधिकारका क्षेत्रमा क्रियाशील उपभोक्ता जागरण अभियान नेपालले अस्पतालहरुमा निशुल्क सवारी साधन पार्किङको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई ज्ञापन पत्र बुझाउँदै जागर अभियानले...

यात्री मोटरसाइकलले नम्बर प्लेट पाउने, प्रधानमन्त्रीको आयो निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा उत्पादित सवारी साधनलाई दर्ता गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । नेपालमा उत्पादन भएका यात्री लगायत सवारीसाधन दर्ता नभएको गुनासो आएको भन्दै उनले नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई तत्काल दर्ता प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् । उनले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै […]

उपनिर्वाचन : पृथ्वीराजमार्गमा प्रहरी सुरक्षामा गाडी चल्ने

तनहुँ : वैशाख १० गते तनहुँ क्षेत्र नं १ मा हुने उपनिर्वाचनका लागि उक्त दिन पृथ्वीराजमार्गमा प्रहरी सुरक्षामा सवारीसाधन चलाइने भएको छ। उक्त खण्डअन्तर्गत मुग्लिनदेखि चापाघाटसम्म प्रहरी स्कर्टिङमा सवारीसाधन सञ्चालनको व्यवस्था मिलाउन लागिएको हो।त्यस दिन उपनिर्वाचन हुने क्षेत्रअन्तर्गतका ठाउँमा भने यात्रु झर्न वा चढ्न नपाउने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए। मुग्लिनबाट पोखरातर्फ जान आउने सवारीसाधन वा चापाघाटतर्फ मुग्लिनतर्फ जाने सवारीसाधनलाई डेढ घण्टाको फरकमा स्कर्टिङ गरिने उनले बताए।

अव लाइसेन्सको ट्रायलमा आफ्नै सवारीसाधन चलाउन पाउने

उदयपुर ।  यातायात व्यवस्था सेवा कार्यालय उदयपुरले यसअघि सवारी अनुमतिपत्र (लाइसेन्स) निकाल्न प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा आफ्नो गाडी ९साधन० प्रयोग गर्न नपाउने नीति परिवर्तन गर्न तयारी थालेको छ । अहिलेसम्म ट्रायल सेन्टर सञ्चालन गर्ने निजी कम्पनीकै साधन चलाएर ट्रायल दिनु पर्ने नियम संशोधन गर्दै कार्यालयले आफ्नै साधन चलाउने व्यवस्था मिलाउन तयारी थालेको हो । आफ्नो […]

सवारीसाधन सहज सञ्चालनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले मुलुकका विभिन्न राजमार्गहरूमा सहज रूपमा सवारीसाधन सञ्चालनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । आइतबार सिंहदरबारमा बसेको समिति बैठकले दसैँ, तिहारलगायत चाडपर्व नजिकिँदै गएको अवस्थामा बाढी र पहिरोबाट क्षतिग्रस्त भएका राजमार्गहरूको आवश्यक मर्मत र निर्माण गरी सहज रूपमा सवारीसाधन सञ्चालनको व्यवस्था मिलाउन गृह मन्त्रालय...

प्रदेश २ को पर्यटन प्रवर्द्धन अभियानमा निजीक्षेत्रको सक्रियता

वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं २ ले प्रदेशमा पर्यटन प्रवर्द्धनका लागि पहल गर्ने निर्णय गरेको छ । महासंघको पर्यटन तथा हवाई यातायात समितिले आयोजनामा हालै भएको सरोकारवालाहरूको छलफलले प्रदेश नं २ का पर्यटकीय गतिविधि बढाउने र त्यसका लागि सरोकारका निकायसँग समन्वय गर्ने निर्णय गरेको हो । समितिले विज्ञप्ति जारी गर्दै सीमाक्षेत्रमा भारतीय पर्यटकका लागि सहज वातारण बनाउन कार्य योजना तयार पारिने जानकारी दिएको छ । अहिले भारतीय सीमाबाट नेपालतर्फ सवारीसाधनको आवागमन रोकिएको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले सवारीसाधन आवतजावतमा रोक लगाएपछि स्थलमार्ग भएर आउने भारतीय पर्यटकहरू आउन छाडेका छन् । यसका लागि नेपाल र भारत दुवैतर्फ सीमानामा खटिएका सुरक्षाकर्मीहरूसँग समन्वय गरी भारतीय पर्यटकलाई सहज रूपमा आवागमनको व्यवस्था मिलाउन पहल गर्ने निष्कर्षमा पुगेको महासंघका प्रदेश अध्यक्ष गणेशप्रसाद लाठले जानकारी दिए । स्थानीय ट्याक्सी तथा अटोरिक्सा चालकलाई पर्यटकमैत्री व्यवहारसम्बन्धी चेतना अभिवृद्धिका लागि तालीम सञ्चालन गरिने पर्यटन तथा हवाई यातायात समितिका सहसंयोजक सञ्जय अग्रवालले बताए । ‘सवारी चालहरूलाई पर्यटकसँग नम्र व्यवहार गर्ने, जथाभावी भाडा नलिने, तीव्रगतिमा सवारीसाधन नहाँक्नेजस्ता विषयमा तालीम दिने योजना बनाएका छौं,’ अग्रवालले भने । प्रदेश २ का पर्यटकीय सम्भावनाहरूको पहिचान र प्रचारप्रसारमा पनि महासंघले पहल गर्ने भएको छ । प्रदेशलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन जनकपुर, वीरगञ्ज, सिम्रौनगढ, पर्सा राष्टिय निकुञ्जलगायतका पर्यटकीय सम्भाव्यताको प्रभावकारी व्यवस्थापनमा पहल गरिने भएको छ ।

प्रदेश १ मा सार्वजनिक सवारीमा जोरबिजोर लागू गर्न माग

असार ८, धरान । कोरोना संक्रमण नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाका कारण व्यवसायबाटै पलायन हुने अवस्था आएको भन्दै जोरबिजोर प्रणाली लागू गर्दै सार्वजनिक यातायात खुलाउन प्रदेश १ का यातायात व्यवसायीले माग गरेका छन् । स्वास्थ्य मापदण्ड पूरा गरेर जोरबिजोर प्रणालीबाट सार्वजनिक यातायातका सवारीसाधन चलाउने व्यवस्था मिलाउन माग गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, १ नम्बर प्रदेश समितिले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने अभियान अन्तर्गत सोमवार झापा र सुनसरीमा ज्ञापनपत्र बुझाइएको हो । महासंघ प्रदेश १ का संयोजक सरोज श्रेष्ठ र सुनसरी जिल्ला समन्वय समितिका संयोजक धु्रवराज घिमिरेद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा हाल कोरोना संक्रमण दर न्यून हुँदै गएकाले आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर जोरबिजोर प्रणालीमा सवारीसाधन सञ्चालन गर्न दिनुपर्ने उल्लेख छ । देशको राजधानी लगायत केही ठाउँमा मंगलवारदेखि बजार खोल्ने र निजी सवारीसाधनलाई जोरबिजोरको आधारमा चल्न दिने सरकारले निर्णय गरे अनुसार प्रदेश १ मा पनि सोही अनुसारको व्यवस्था गर्न माग गरिएको हो ।  गतवर्षको लकडाउन अवधिको बैंक ब्याज, किस्ता समेत भुक्तानी नभइसकेको अवस्थामा पुनः अहिलेको निषेधाज्ञाले यातायात क्षेत्र धराशयी हुन पुगेको ज्ञापनपत्रमा भनिएको छ । गतवर्ष केही संघसंस्थाले राहत दिँदा श्रमजीवी व्यवसायी एवं मजदूरलाई राहत भए पनि अहिले कहीँकतैबाट राहत नआउँदा बढी मार परेको बताइएको छ । सवारी चालक, सहचालक, यातायात कर्मचारी तथा यातायात व्यवसायीमा कोरोना संक्रमणको जोखिम बढी रहेकोले कोरोना विरुद्धको खोपको व्यवस्थाका लागि आवश्यक पहल गरिदिन समेत ज्ञापनपत्रमा अनुरोध गरिएको छ ।

तीन दिनमा करीब ५ लाखले छाडे काठमाडौं

काठमाडौं । बिहीवारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने घोषणापछि काठमाडौं छाड्नेको संख्या बढेको छ । कोरोनाको दोस्रो लहर फैलिएपछि सोमवार बसेको उपत्यकाका तीनओटै जिल्लाका प्रमुखको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेपछि सोही दिनदेखि आआफ्नो गन्तव्यतर्फ जाने यात्रुको भीड बढेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका सूचना अधिकारी श्यामकृष्ण अधिकारीका अनुसार सोमवारदेखि बुधवार साँझ ६ बजेसम्ममा १ लाख ४७ हजार ७५ जना टिकट काटेर बाहिरिएका छन् । टिकट नकाटेर जानेको संख्या बढी रहेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले करीब ५ लाखले उपत्यका छाडेको अनुमान गरेको छ ।  बुधवार साँझसम्म उपत्यकाका नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला, कोटेश्वर, बल्खु, बालाजु लगायत क्षेत्र तथा नाकाहरूमा बस पर्खिनेको भीड थियो । गतवर्ष जस्तै बन्दाबन्दी लम्बिने त्रासले विद्यार्थी, कर्मचारी, श्रमिक, मजदूरले हतारहतार काठमाडौं उपत्यका छाडेका हुन् । महासंघले अलपत्र यात्रुलाई घर पु¥याउन अझै केही दिन सर्वजनिक यातायात सञ्चालन गर्न दिनुपर्ने माग गरेको छ । काठमाडौंसहित कोरोना प्रभावित जिल्लामा स्थानीय निकायले निषेधाज्ञा लगाउन थालेपछि घर फर्किनेको संख्या ह्वात्तै बढेको छ । यस्तोमा उनीहरूलाई सहज ढंगले गन्तव्यमा पुर्‍याउन केही समय सवारीसाधन चल्न दिनुपर्ने माग महासंघले गरेको हो । उपत्यका छाडेर घर जान चाहने अधिकांश यात्रुले गाडी पाउन नसकेको महासंघका महासचिव सरोज सिटौलाले बताए । ‘काठमाडौं छाड्न केही समय मात्र दिँदा ठूलो संख्यामा यात्रु निस्किए,’ उनले भने, ‘तर बस अभाव हुँदा धेरै यात्रु बाटोमै अलपत्र परेका छन् ।’ कोभिड संक्रमण फैलिएपछि सरकारले यसअघि २०७६ चैत ११ गतेदेखि देशव्यापी बन्दाबन्दी गरेको थियो । त्यतिबेला सरकारले मजदूर/श्रमिकलाई उचित राहतको व्यवस्था नगर्दा र सार्वजनिक यातायातको व्यवस्था पनि नगरिदिँदा उनीहरू टाढा टाढाबाट भोकभोकै हिँडेर गाउँ फर्किन बाध्य भएका थिए । ‘सर्वसाधारण यात्रु, मजदूर/श्रमिकहरू बाटोमै अलपत्र पर्ने जोखिम बढेको छ,’ सिटौलाले भने, ‘दुई चार दिन थपेर उनीहरूलाई सहज रूपमा घर पुर्‍याउने वातावरण मिलाउन सकिन्थ्यो ।’ यातायात सञ्चालनमा सहजीकरण गरिदिन आफूहरूले गृह मन्त्रालय र काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पनि अनुरोध गरेको उनले बताए । महासंघले बुधवार विज्ञप्ति निकाल्दै सरकारले विभेदकारी नीति ल्याएको भन्दै स्वास्थ्य मापदण्ड अपनाएर सडक यातायात पनि सञ्चालन गर्न दिनुपर्ने माग राखेको छ । सरकारले हवाई उडान खुलै राखेर सडक यातायात मात्र बन्द गर्ने निर्णय गरेको छ । हवाई यातायात सञ्चालन गर्न दिने भए स्वास्थ्य मापदण्ड अपनाएर सडक यातायात पनि सञ्चालन गर्न दिनुपर्ने माग महासंघले गरेको हो ।

स्तर सुधारका लागि नयाँ बसपार्कका टिकट काउण्टर बन्द

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर बुधवारदेखि बन्द भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तरराष्ट्रियस्तरको बनाएर सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गतेदेखि केही समयका लागि बन्द भएका हुन् । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बसपार्कका काउण्टरलाई अन्तरराष्ट्रिय मापदण्डबाट सञ्चालन गर्न टिकट काउण्टर केही दिन बन्द गर्न लागिएको जानकारी दिए । नयाँ बसपार्कभित्र हाल ३५ टिकट काउण्टर सञ्चालनमा छन् । कम्पनीले टिकट काउण्टर मर्मत गर्न लागिएकाले केही समयका लागि आफ्नो व्यवस्थापनमा टिकट विक्री वितरणको व्यवस्था मिलाउन यातायात कम्पनीलाई आग्रह समेत गरेको छ । उक्त बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा यात्रु सार्वजनिक यातायातमार्फत आवतजावत गर्दै आएका छन् । काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गा २०५६ मा महानगरपालिकाका तत्कालीन प्रमुख केशव स्थापित र प्रालिका अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याइएको थियो । कम्पनीका अध्यक्ष इञ्जिनीयर दीपक कुँवरले नयाँ बसपार्कलाई अन्तरराष्ट्रियस्तरको बसपार्कको रूपमा विकास गर्ने लक्ष्य लिएको बताए । ‘नेपालको एकमात्र राष्ट्रिय बसपार्कलाई सुविधासम्पन्न बसपार्कको रूपमा निर्माण गर्न लागिरहेका छौं,’ उनले भने । कम्पनीले यात्रुको सहजताका लागि कम्प्युटर प्रणालीको माध्यमबाट टिकट काट्ने व्यवस्था मिलाएको छ । सरकारले लिएको नीतिअनुसार कम्पनीले कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यानमा राखेर प्रविधिको प्रयोगलाई जोड दिएको हो । ल्होत्सेले बस टिकट खरीद तथा बुकिङका लागि क्युआर कोर्डमार्फत भुक्तानी हुने व्यवस्था मिलाएको छ । लक्ष्मी बैंक लिमिटेडको सहकार्यमा उक्त सेवा सञ्चालन गरिएको हो । काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको नयाँ बसपार्क १६१ रोपनी क्षेत्रफलमा सञ्चालित छ । उक्त बसपार्कमा १ हजार ५०० सार्वजनिक सवारीसाधन पार्किङ गर्न सक्ने क्षमता छ । रासस