यी हुन् एमालेका स्थायी समिति र केन्द्रीय सदस्य बनेका पूर्वमाओवादी नेताहरू (सूचीसहित)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका विभाग प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले पार्टीमा झलनाथ-माधव पक्षलाई बाइपास गरेर विभाग प्रमुखहरु चयन गरेका हुन् । यस्तै केन्द्रीय कमिटी बैठकले फागुन २८ गते ४२ जना केन्द्रीय सदस्य थप गरेको छ ।

जसअनुसार रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलामी, कमल जंग, मनोज थापा, विषमलाल अधिकारी, लीलाबहादुर थापा, दधिराम न्यौपाने, दिनेश पन्थी, नवीन रोका, धर्मराज रेग्मी, डम्बर विष्ट, गौरीशंकर थारू, झपट बोहरा, दावा लामा र चन्द्रबहादुर खड्का छन् । 


यस्तै, नेकपा विवादका बेला तटस्थ बसेका वामदेव गौतमलाई समेत ओलीले जिम्मेवारीबाट हटाएका छन्। संगठन विभागको प्रमुखको जिम्मेवारीमा रहेका वामदेव गौतमलाई हटाउँदै ओलीले एमाले उपमहासचिव विष्णु पौडलेललाई नियुक्त गरेका छन्।


प्रचार विभाग प्रमुख तथा प्रवक्ता प्रदीप ज्ञवालीलाई दिइएको छ । कोष तथा आर्थिक विभाग छविलाल विश्वकर्मा । सम्पर्क विभाग प्रमुखको जिम्मेवारी पनि विश्वकर्मालाई दिइएको छ । विदेश विभाग प्रमुखको जिम्मेवारी राजन भट्टराई र निर्वाचन विभाग प्रमुख विष्णु रिमाल रहेका छन् । 


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।